सेयर बजार राताम्मे, १ अर्ब १६ करोडको कारोबार
काठमाडौं । सेयर बजार राताम्मे बनेको छ । कारोबारको सुरुदेखि नै घटेको बजार अन्तिम समयसम्म पनि कायमै रह्यो । बजार मापन गर्ने सूचक २४.६८ अंकले घटेर परिसूचक १९५१.२१ बिन्दुमा ओर्लिएको छ ।
२५६ कम्पनीको ३३ लाख ६९ हजार १३६ कित्ता सेयर १ अर्ब १६ करोड २५ लाख ३ हजार ५१५ रुपैयाँको सेयर किनबेच भएको छ । कारोबारमा सबै समूहको उपसूचक राताम्मे बनेको छ । कारोबारमा बैंकिङ समूहको उपसूचक २०.३६, विकास बैंक ३७.२२, वित्त कम्पनी १३.८९, होटल २५.१०, जलविद्युत १६.३५, जीवन बीमा १६५.०१, उत्पादन तथा प्रशोधन ४४.१२, माइक्रोफाइनान्स ६०.८४, निर्जीबन बीमा ८२.७४, अन्य १३.७४ र ट्रेडिङ समूहको उपसूचक ३०.६१ अंकले घटेको छ ।
बजार राताम्मे भएपनि शुभम पावर कम्पनीको मूल्य सकारात्मक सर्किट लेबलमा पुगेको छ । कारोबारमा युनिक नेपाल लघुवित्त वित्तीय संस्था, ग्रिन भेन्चर्स, स्वेत गंगा हाईड्रोपावर एण्ड कन्ट्रक्सन कम्पनीका लगानीकर्ताले कमाएका छन् । यस्तै खप्तड लघुवित्त वित्तीय संस्था, आदर्श लघुवित्त बित्तीय संस्था, हिमालयन बैंक, नाडेप लघुवित्त वित्तीय संस्था, वन नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् ।
कारोबार रकमका आधारमा एनआईसी एशिया बैंक अग्रस्थानमा रहेको छ । दोस्रो र तेस्रो स्थानमा शिवम सिमेन्ट र अरुण भ्याली हाईड्रोपावर डेभलपमेन्ट कम्पनी रहेको छ ।