प्राइम बैंकका ठूला सेयरधनीमा २० व्यक्ति, कसको कति ?



काठमाडौं । प्राइम कमर्शियल बैंकमा २० जना व्यक्ति ठूला सञ्चालक रहेका छन् ।

बैंकका ०.५० प्रतिशत भन्दा बढी सेयर स्वामित्व हुने २० व्यक्ति रहेका छन् । २० जनामध्ये सबैभन्दा बढी उमेश श्रेष्ठको रहेको छ । बैंकको श्रेष्ठको २.७१ प्रतिशत अर्थात ५० लाख ५० हजार ४८३ कित्ता सेयर स्वामित्व रहेको छ ।

यस्तै दोस्रोमा निर्मल प्रधानको १.४५ प्रतिशत सेयर स्वामित्व रहेको छ । बैंकमा प्रधानको १.४५ प्रतिशत अर्थात २७ लाख ११ हजार ८४७ कित्ता सेयर स्वामित्व रहेको छ ।

यस्तै विनोद चन्द्र बरालको १.३७ प्रतिशत अर्थात २५ लाख ६१ हजार ४७२ कित्ता, कृष्ण पुरीको १.०३ प्रतिशत अर्थात १९ लाख २० हजार २८२ कित्ता सेयर स्वामित्व रहेको छ ।

यता विक्रम पाण्डेको ०.८७ प्रतिशत अर्थात १६ लाख १५ हजार ३७४ कित्ता, सुशिल मित्तलको ०.७३ प्रतिशत अर्थात १३ लाख ५७ हजार २२३ कित्ता, स्वेता मास्के श्रेष्ठको ०.७१ प्रतिशत अर्थात १३ लाख २२ हजार ४९८ कित्ता, सुन्दर नारायण जोशीको ०.७१ प्रतिशत अर्थात १३ लाख २२ हजार ४८५, शैलजा बर्जाचार्यको ०.७१ प्रतिशत अर्थात १३ लाख ९ हजार २६८ कित्ता, श्याम बहादुर श्रेष्ठको ०.७० प्रतिशत अर्थात १३ लाख ९ हजार २६७ कित्ता रहेको छ ।

बैंकका अनुसार नरेन्द्र बर्जाचार्यको ०.६८ प्रतिशत अर्थात १२ लाख ६९ हजार ५९७ कित्ता, मनोहर दास मोलको ०.७६ प्रतिशत अर्थात १२ लाख ५६ हजार ३६७ कित्ता, सनेन्द्र बर्जाचार्यको ०.६७ प्रतिशत अर्थात १२ लाख ५६ हजार ३३६ कित्ता, अन्जली प्रधानको ०.६७ प्रतिशत अर्थात १२ लाख ५६ हजार ७५ कित्ता सेयर स्वामित्व रहेको छ ।

यस्तै महेश राजकर्णिकारको ०.५६ प्रतिशत अर्थात १० लाख ३८ हजार ३८६ कित्ता, तेजेन्द्र मान मल्लको ०.५४ प्रतिशत अर्थात १० लाख १५ हजार १७३ कित्ता, नरेशलाल श्रेष्ठको ०.५३ प्रतिशत अर्थात ९ लाख ९१ हजार ३८७ कित्ता, महेन्द्र रत्न शाक्यको ०.५२ प्रतिशत अर्थात ९ लाख ६३ हजार ८२३ कित्ता,राजेश श्रेष्ठको ०.५२ प्रतिशत अर्थात ९ लाख ६० हजार ९७१ कित्ता र सन्तोष नारायण श्रेष्ठको ०.५० प्रतिशत अर्थात ९ लाख ३५ हजार ७९० कित्ता सेयर स्वामित्व रहेको छ ।


क्लिकमान्डु