सरकार फेरिइरहने तर जनताको जीवनस्तर नफेरिने चित्र बदल्छौँ: प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सार्वजनिक सेवा सुधार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा विश्वास मतका लागि प्रस्ताव प्रस्तुत गर्दै प्रधानमन्त्री प्रचण्डले सरकारी निकायमा देखिएका बेथिति र ढिलासुस्तीमा सुधार गर्ने प्रतिबद्धता जनाएका हुन् ।

उनले सरकार जनताको सेवक बन्नु पर्ने र जनताको जीवनस्तर नफेरिने चित्र अब बदल्नु पर्ने बताए । उनले अब सुनिने र देखिने गरि काम गर्ने उनले प्रतिवद्धता व्यक्त गरे ।

‘सरकार मालिक होइन, जनताको सेवक बन्नुपर्छ । सरकारहरू फेरिररहने तर जनताको जीवनस्तर नफेरिने चित्र अब बदल्नु छ । सरकार अब सुनिने, देखिने,जनताले अनुभव गर्ने सेवक बन्नु छ’ उनले भने ।

उनले यातायात, सामुदायिक विद्यालय, सरकारी अस्पतालमा देखिएका समस्या तत्काल समाधान गर्ने प्रतिद्धता व्यक्त गरे ।

प्रधानमन्त्री प्रचण्डले पहिलो कार्यकाल सोचेजस्तो नभएको, दोस्रो कार्यकालमा केही गरेको र तेस्रो कार्यकालमा मुलुकलाई समृद्धिको दिशामा अघि बढाउने संकल्प लिएकाले त्यसमा साथ दिन पनि प्रतिनिधिसभाका सांसदहरुलाई आग्रह गरे ।


क्लिकमान्डु