काठमाडौं–तराई मधेश द्रुतमार्गका लागि कर्मचारी माग



काठमाडौं । नेपाली सेनाले निर्माण गरिरहेको काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत काम गर्नका लागि करारमा १८ कर्मचारीको माग भएको छ । शुक्रबार सूचना प्रकाशित गर्दै नेपाली सेनाले करारमा १८ जना वृक्षारोपण हेरालुको माग गरेको हो।

बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका वडा १५ र निजगढ नगरपालिका वडा. ८ कार्यस्थल रहने गरि वृक्षारोपण हेरालुको माग गरिएको हो ।

प्रकाशित सूचनाकाअनुसार साधारण लेखपढ गर्न सक्ने तथा बोट विरुवाको रोपाई तथा हेरबिचार सम्बन्धि ज्ञान भएका ४५ वर्ष नकटेका इच्छुकले आवेदन दिन सक्नेछन् । सामान्य शारिरिक जाँच तथा अन्तर्वार्तामार्फत करारका कर्मचारी छनोट हुने सूचनामा उल्लेख छ ।

करारमा रहने कर्मचारीहरुलाइ १८ हजार रुपैयाँ प्रतिमहिना पारिश्रमिक प्रदान गरिने सूचनामा उल्लेख छ ।


क्लिकमान्डु