राष्ट्रिय अर्थतन्त्र निर्माण गर्न स्वदेशी उत्पादनमा वृद्धि गर्न अति आवश्यकः राष्ट्रपति



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकभित्र उपलब्ध श्रोत र साधनको दिगो उपयोग गर्दै स्वाधिन र आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्र निर्माण गर्न स्वदेशी उत्पादनमा वृद्धि गर्न अति आवश्यक भइसकेको बताएकी छन् ।

बिहीवार काठमाडौंको भृकुटीमण्डपमा शुरु भएको १६औं अन्तर्राष्ट्रिय फुटवेयर औद्योगिक प्रदर्शनीको उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।

राष्ट्रपति भण्डारीले नेपाली श्रम, सीप र कच्चा पदार्थबाट नेपालमै उत्पादित सामग्रीहरुको निकासी प्रवद्र्धन गर्नसके मात्र हाल मुलुकले व्यहोरिरहेको चुलिँदो व्यापार घाटालाई सन्तुलनमा ल्याउन सकिने बताइन् । उनले स्वदेशी उत्पादनलाई सहज र सुलभ बनाउनका लागि नेपाल सरकारले ध्यान दिनुपर्ने बताइन् ।

उनले स्वदेशी उत्पादनलाई सहज र सुलभ बनाउन कृषि उत्पादन बढाउने, वन पैदावर र जडिबुटीमा आधारित आयात प्रतिष्थापन गर्ने, तथा पर्यटन प्रवद्र्धन जलविद्युतको स्वदेशी खपतमा जोड दिने नीतिहरु नेपाल सरकारले अवलम्वन गर्नु अति आवश्यक भएको पनि बताइन् ।

राष्ट्रपति भण्डारीले सरकारले नेपालको अर्थ व्यवस्था विकास गर्न योगदान गर्ने तुलनात्मक लाभका क्षेत्रहरु पहिचान गरिसकेको उल्लेख गर्दै उल्लेखित क्षेत्रहरुमा लगानी बढाउन सहजीकरण गर्ने, उद्योगमैत्री नीतिहरु अवलम्वन गर्ने, स्वदेशी उद्योगको संरक्षण गरी प्रतिष्पर्धी क्षमता बढाउन सहयोग गर्ने जिम्मेवारी सबैको दायित्व भएको बताइन् । उनले निजी क्षेत्र र सरकारले आपसमा उच्चस्तरको समझदारी विकास गरी मुलुकको अर्थ व्यवस्थालाई बलियो बनाउनका लागि सहकार्य गर्नु अत्यावश्यक भएको बताइन् ।

राष्ट्रपति भण्डारीले मुलुकको अर्थ व्यवस्था बलियो बनाए केही वर्षभित्रै नेपालको व्यापार घाटालाई कम गर्दै लैजाने आधारहरु निर्माण हुनुकका साथै रोजगारी र उद्यमशीलताको नयाँ अवसरहरु सिर्जना गरी पुँजी र प्रतिभाको पलायनसमेत रोक्न सकिने उल्लेख गरिन् ।

उनले अर्थ व्यवस्थाको सबलीकरणका लागि राष्ट्रका उद्यमी र किसानको मनोबल सधैँ उच्च राख्न अति आवश्यक रहेको राफ्नो इतिहासमाथि न्याय गर्नसमेत आफ्नो क्षमताको पहिचान र प्रयोग गर्नु आवश्यक भएको बताए ।

उनको भनाइ जस्ताको त्यस्तै

आजको प्रतिष्पर्धी विश्वमा कतिपय अवसरका ढोकाहरु छोटो समयका लागि मात्रै उपलब्ध हुनसक्छन् भने कतिपय अवसरका लागि उत्पादनको विविधिकरण एवं उपभोक्ताको रुचीमा निरन्तर ध्यान दिनुपर्छ । नेपाल सरकार र उद्यमीहरुबीचमा पर्याप्त साझेदारी निर्माण भइ नेपाली उत्पादनको बजार बिस्तार एवं निर्यात अभिवृद्धिमा ठोस उपलब्धि हासिल गर्नका लागि यो प्रदर्शनी उपयोगी माध्यम हुने मैले विश्वास लिएकी छु । मुलुकभित्र उपलब्ध श्रोत र साधनको दिगो उपयोग गर्दै स्वाधिन र आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्र निर्माण गर्न स्वदेशी उत्पादनमा वृद्धि गर्न अति आवश्यक छ । नेपाली श्रम, सीप र कच्चा पदार्थबाट नेपालमै उत्पादित सामग्रीहरुको निकासी प्रवद्र्धन गर्नसके मात्र हाल मुलुकले व्यहोरिरहेको चुलिँदो व्यापार घाटालाई सन्तुलनमा ल्याउन सकिन्छ । यसका लागि फुटवेयर उद्योगले पनि महत्वपूर्ण भुमिका खेल्नसक्छ । स्वदेशी उत्पादनलाई सहज र सुलभ बनाउनका लागि नेपाल सरकारले ध्यान पु¥याउनुपर्छ । यसका लागि कृषि उत्पादन बढाउने, वन पैदावर र जडिबुटीमा आधारित आयात प्रतिष्थापन गर्ने, तथा पर्यटन प्रवद्र्धन जलविद्युतको स्वदेशी खपतमा जोड दिने नीतिहरु नेपाल सरकारले अवलम्वन गर्नु अति आवश्यक छ । नेपालको अर्थ व्यवस्था विकास गर्न योगदान गर्ने तुलनात्मक लाभका क्षेत्रहरु पहिचान गरिसकेका छौँ । ती क्षेत्रहरुमा लगानी बढाउन सहजीकरण गर्ने, उद्योगमैत्री नीतिहरु अवलम्वन गर्ने, स्वदेशी उद्योगको संरक्षण गरी प्रतिष्पर्धी क्षमता बढाउन सहयोग गर्ने जिम्मेवारी हामी सबैको उत्तिकै दायित्व हो । तसर्थ निजी क्षेत्र र सरकारले आपसमा उच्चस्तरको समझदारी विकास गरी मुलुकको अर्थ व्यवस्थालाई बलियो बनाउनका लागि सहकार्य गर्नु अत्यावश्यक भएको छ । यसबाट केही वर्षभित्रै नेपालको व्यापार घाटालाई कम गर्दै लैजाने आधारहरु निर्माण हुनुकका साथै रोजगारी र उद्यमशीलताको नयाँ अवसरहरु सिर्जना गरी पुँजी र प्रतिभाको पलायनसमेत रोक्न सकिन्छ । अर्थ व्यवस्थाको सबलीकरणका लागि राष्ट्रका उद्यमी र किसानको मनोबल सधैँ उच्च राख्न अति आवश्यक हुन्छ । हामीले आफ्नो इतिहासमाथि न्याय गर्नसमेत आफ्नो क्षमताको पहिचान र प्रयोग गर्नु आवश्यक छ ।


क्लिकमान्डु