कोभिडपछि बन्धना स्टिलको व्यापार रिबाउन्ड हुँदै, ९२ करोडको कारोबार



काठमाडौं । कोभिडका कारण खस्किएको बन्धना स्टिल प्रालिको व्यापार रिबाउन्ड हुँदै गएको छ ।

कम्पनीले कोभिडअघि १ अर्ब बढीको व्यापार गर्दै आएकोमा कोरोनाका कारण व्यापार निकै खस्किएको थियो । तर, पछिल्ला दिनहरुमा व्यापार बढ्दै गएको देखिन्छ ।

कम्पनीले सन् २०१९ मा १ अर्ब ४ करोड ४० लाख रुपैयाँको व्यापार गरेको थियो । त्यसपछि सन् २०२० मा ८२ करोड ३६ लाख रुपैयाँ, सन् २०२१ मा ६४ करोड ६३ लाख रुपैयाँ र सन् २०२२ मा ९२ करोड २६ लाख रुपैयाँको व्यापार गरेको छ ।

कम्पनीले आइरन तथा स्टिलजन्य वस्तु उत्पादन गरी बिक्री वितरण गर्दै आएको छ । कम्पनीले एन्गल, फ्ल्याट, गेट तथा भ्यानलजस्ता स्टिलजन्य सामाग्री उत्पादन गर्दै आएको छ । कम्पनीले बिलेट आयात गरी नेपाली बजारमा स्टिल उत्पादन गर्दै आएको छ ।

वार्षिक १५ हजार मेट्रिक टन स्टिलजन्य वस्तु उत्पादन क्षमता कम्पनीको छ । कम्पनीले अल्कालीन तथा दीर्घकालीन कर्जाका लागि ७६ करोड रुपैयाँको रेटिङ गराएको छ ।

कम्पनीले सन् २०२२ मा गरेको व्यापारमध्ये ४७ प्रतिशत हिस्सा एन्गलको रहेको छ । साथै, फ्ल्याट र रोलको २१ प्रतिशत र वायर कट सामाग्रीको १५ प्रतिशत हिस्सा छन् ।

त्यस्तै, कम्पनीले गरेको आम्दानीमा १० जना ग्राहकबाट मात्रै ५० प्रतिशत व्यापार गरेको छ ।


क्लिकमान्डु