एकै महिनामा १ अर्ब ११ करोड रुपैयाँको बीमा पोलिसी सरेण्डर, कुन कम्पनीको कति ?



काठमाडौं । कात्तिक महिनामा बीमाको पोलिसी सरेण्डर (समर्पण) गर्नेको संख्या ६ हजार ७४६ पुगेको छ ।

बीमा प्राधिकरणका अनुसार कात्तिकमा मात्रै ६ हजार ७४६ वटा एक अर्ब ११ करोड ९७ लाख ४६ हजार रुपैयाँको पोलिसी सरेण्डर भएको छ ।

कात्तिकमा रकमका आधारमा सबैभन्दा धेरै लाइफ इन्स्योरेन्स कर्पाेरेशनका बीमितले ९८७ वटा बीमालेख बापत ३९ करोड ९ लाख ५८ हजार रुपैयाँको पोलिसी सरेण्डर गरेका छन् ।

यता संख्यातर्फ हेर्दा नेपाल लाइफ पहिलो स्थानमा देखिन्छ । नेपाल लाइफ इन्स्योरेन्सका बीमितले कात्तिकमा २ हजार १३९ वटा बीमालेख बापत २८ करोड ८४ लाख ५ हजार रुपैयाँको पोलीसी सरेण्डर गरेका छन् ।

एशियन लाइफ इन्स्योरेन्सका बीमितले १ हजार ५३८ वटा बीमालेख बापत ११ करोड ६५ लाख ५९ हजार रुपैयाँको बीमालेख सरेण्डर गरेका छन् ।

नेशनल लाइफका बीमितले ६६२ वटा बीमालेख बापत ७ करोड २५ लाख ७० हजार, राष्ट्रिय बीमा संस्थानका बीमितले ३०६ वटा बीमालेख बापत ३ करोड ९३ लाख ३० हजार, मेट लाइफका बीमितले ३१३ वटा बीमालेख बापत २ करोड ८४ लाख ५८ हजार, सूर्या लाइफका बीमितले १४५ वटा बीमालेख बापत १२ करोड २७ लाख ११ हजार, गुराँस लाइफका बीमितले १९५ बीमालेख बापत १ करोड ९० लाख रुपैयाँको पोलिसी सरेण्डर गरेका छन् ।

प्राइम लाइफ इन्स्योरेन्सका बीमितले २१ वटा बीमालेख बापत १४ लाख २२ हजार, आइएमई लाइफका बीमितले ६७ वटा बीमालेख बापत ४२ लाख ८३ हजार, यूनियन लाइफका बीमितिले १७ वटा बीमालेख बापत ४६ लाख ३१ हजार, ज्योति लाइफका बीमितले ४२ वटा बीमालेख बापत ५३ लाख ९० हजार, सन नेपालका बीमितले २५ वटा बीमालेख बापत ५३ २५ लाख ८८ हजार, रिलायन्स लाइफका बीमितले ६१ वटा बीमालेख बापत ४० लाख ४८ हजार पोलिसी सरेण्डर गरेका छन् ।

बीमा प्राधिकरणका अनुसार रिलायबल नेपाल लाइफका बीमितले ८३ वटा बीमालेख बापत ३९ लाख ११ हजार, सिटजन लाइफका बीमितले ५७ वटा बीमालेख बापत ४७ लाख ६५ हजार, सानिमा लाइफका बीमितले २६ वटा बीमालेख बापत २८ लाख ६७ हजार, प्रभु लाइफका बीमितले ३२ वटा बीमालेख बापत ५६ लाख ८७ हजार रुपैयाँ र महालक्ष्मी लाइफका बीमितले ३० वटा बीमालेख बापत २२ लाख ६० हजार रुपैयाँको पोलिसी सरेण्डर गरेका छन् ।

कुनै पनि व्यक्तिले जीवन बीमा गर्यो र उसले समय अवधि नपुग्दै आफुले लिएको पोलिसी बीचमै छोड्यो भने त्यसलाई पोलिसी सरेण्डर भनिन्छ ।

बीमा प्राधिकरणले बीमा पोलिसी सरेण्डर गर्न सक्ने व्यवस्था पनि गरेको छ । प्राधिकरणले बीमालेख खरिद गरेको ३ वर्षपछि आफुलाई मन नपरेको खण्डमा पोलिसी सरेण्डर गर्न सक्ने व्यवस्था गरेको छ ।

बीमितले बीमा पोलिसी सरेण्डर गर्दा भुक्तानी भएको कुल बीमाशुल्कको अधिकतम ९० प्रतिशतसम्म भुक्तानी हुने व्यवस्था छ  ।


क्लिकमान्डु