चार महिनामा नेपाल लाइफका बीमितले किन त्यागे साढे १० हजार पोलिसी ?



all logos final

काठमाडौं । बीमितले आफूले खरिद गरेको बीमा पोलिसीलाई निरन्तरता दिन नसकेको अवस्थामा पोलिसी फिर्ता गर्ने प्रक्रियालाई पोलिसी सरेन्डर भनिन्छ  । अर्थात् जीवन बीमा गरेर अवधि नपुग्दै उक्त पोलिसी बीचमै रोक्नु सरेण्डर गर्नु हो ।

बीमितहरुले निश्चित वर्षको लागि भनेर जीवन बीमालेख खरिद गर्ने तर समय नपुगी उक्त पोलिसी त्याग्ने प्रक्रिया नै पोलिसी सरेन्डर गर्नु वा त्याग गर्नु हो ।

पोलिसी सरेन्डर गर्ने बीमितले सो अवधिसम्म भुक्तानी गरेको बीमाशुल्क र सो अवधिसम्ममा प्राप्त बोनस रकम फिर्ता पाउँछन् । जुन कुरा निर्देशिकाले नै व्यवस्था गरिदिएको छ । पछिल्लो समय प्राधिकरणले बीमालेख खरिद गरेको १ वर्षमै पोलिसी सरेण्डर गर्न सक्ने व्यवस्थालाई कडाई गर्दै ३ वर्ष पुर्याएको छ ।

प्राधिकणद्धारा जारी जीवन बीमालेख सम्बन्धी निर्देशिकाले बीमा पोलिसी समर्पण मूल्य समेत निर्धारण गरेको छ ।

बीमितले बीमा पोलिसी सरेण्डर गर्दा भुक्तानी भएको कुल बीमाशुल्कको अधिकतम ९० प्रतिशतसम्म भुक्तानी हुने व्यवस्था छ  । साथै, सो अवधिसम्ममा आर्जित बोनस रकम समेत जोडिने छ  ।

नेपालमा १९ जीवन बीमा मम्पनीहरुले जीवन बीमाको व्यवसाय गर्दै आएका छन् । ती कम्पनीहरुमध्ये नेपाल लाइफ इन्स्योरेन्सका बीमितिले ठुलो संख्यामा पोलिसी त्याग गर्ने गरेका हुन् । इन्स्योरेन्सबाट बीमालेख खरिद गरेका बीमितमध्ये साढे १० हजारले पोलिसी त्याग गरेका छन् । प्राधिकरणले उपलब्ध गराएको चालु आवको कात्तिक मसान्तसम्मको तथ्यांकअनुसार कम्पनीबाट १० हजार ७८३ जना बीमितले पोलिसी त्यागेका हुन् ।

१९ जीवन बीमा कम्पनीबाट यस अवधिसम्ममा बीमितले ४ अर्ब ५५ करोड ४४ लाख रुपैयाँ बराबरका २९ हजार २८३ वटा पोलिसी त्याग भएका छन् । कुल सरेण्डर पोलिसीमध्ये नेपाल लाइफको ३६.८२ प्रतिशत सरेण्डर भएको बीमा प्राधिरकणको तथ्यांक छ । यस्तै, कुल सरेण्डर रकमको ३५.६५ प्रतिशत हुन आउँछ ।

प्रािधकरणकाअनुसार साउन महिनामा नेपाल लाइफबाट ३ हजार ६२४ जनाले समय नपुगी बीचमै पोलिसी त्याग गरेका थिए । भदौ महिनामा आईपुग्दा सो संख्या घटर २ हजार ९५६ मा झरेको थियो । त्यसपछिका महिनामा पनि कम्पनीबाट पोलिसी त्याग गर्नेको संख्या घटेको प्रािधकरणको तथ्यांक छ । असोज महिनामा २ हजार ६४ जनाले पोलिसी त्याग गरेका थिए । कात्तिक महिनामा सो संख्य बढेर २ हजार १३९ पुगेको छ ।

यस्तै, नेपाल लाइफ पछि लाइफ इन्स्योरेन्स कर्पोरेसन(एलआइसी) का बीमितले अन्य कम्पनीको तुलनामा धेरै संख्यामा पोलिसी त्याग गरेका छन् । कम्पनीबाट चालु आवको चार महिनाको अवधिमा ४ हजार ३६६ वटा पोलिसी त्याग भएका छन् ।

प्राधिकरणकाअनुसार साउन महिनामा १ हजार ६६६ वटा, भदौ महिनामा १ हजार ३३८ वटा, असोज महिनामा ३७५ र कात्तिक महिनामा ९८७ वटा पोलिसी त्याग भएका छन् । चार महिनाको अवधिमा कम्पनीबाट एक अर्ब ११ करोड ४८ लाख रुपैयाँका पोलिसी त्याग भएका हुन् ।

यस्तै, एशियन लाइफबाट ३ हजार ३८९ वटा पोलिसी त्याग भएका छन् । प्राधिकरणकाअनुसार कम्पनीबाट साउन महिनामा ७३७ वटा, भदौ महिनामा ६०६, असोज महिनामा ५०८ वटा र कात्तिक महिनामा ४३८ वटा पोलिसी त्याग भएको प्राधिकरणको तथ्यांक छ । यस अवधिमा कम्पनीबाट २७ करोड ६३ लाख रुपैयाँ बराबरका पोलिसी त्याग भएका हुन् । नेशनल लाइफबाट बीमालेख खरिद गरेका बीमितमध्ये चार महिनाको अवधिमा २ हजार ८०६ जना बीमितले समय नपुग्दै बीमालेख त्याग गरेका छन् ।

प्राधिकरणकाअनुसार कम्पनीबाट साउन महिनामा ६११ वटा, भदौ महिनामा ८७३ वटा, असोज महिनामा ६५५ वटा र कात्तिक महिनामा ६६२ वटा बीमालेख त्याग भएका छन् । चार महिनाको अवधिमा ५७ करोड ९६ लाख रुपैयाँ बराबरका पोलिसी त्याग भएका हुन् ।

प्राधिकरणकाअनुसार चार महिनाको अवधिमा मेट लाइफबाट एक हजार ३३० वटा, गुराँस लाइफबाट ८१९ वटा, सूर्या लाइफबाट ७०३, रिलायबल नेपाल लाइफबाट ४७५ वटा, सिटिजन लाइफबाट २६७ वटा र ज्योति लाइफबाट २२२ वटा बीमालेख त्याग भएका छन् ।

यस्तै, प्राइम लाइफबाट १६५ वटा, आइएमई लाइफबाट १८१ वटा, यूनियन लाइफबाट १५०, प्रभु लाइफबाट १५९ वटा, सानिमा लाइफबाट १०७ वटा, महालक्ष्मी लाइफबाट ९८ वटा र सन नेपाल लाइफबाट ९६ वटा पोलिसी त्याग भएको प्रािधकरणको तथ्यांक छ ।

चार महिनामा ४ अर्ब ५५ करोडका २९ हजार पोलिसी त्याग

प्राधिकरणकाअनुसार चालु आवको कात्तिक मसान्तसम्मको अवधिमा कम्पनीहरुबाट ४ अर्ब ५५ करोड ४४ लाख रुपैयाँ बराबरका २९ हजार २८३ वटा पोलिसी त्याग भएको प्रािधकरणले जनाएको छ ।

प्राधिकरणकाअनुसार कात्तिक महिनामा एक अर्ब ११ करोड ९७ लाख रुपैयाँ बराबरका ६ हजार ७४६ वटा पोलिसी त्याग भएका छन् । असोज महिनामा ७७ करोड ३२ लाख २८ हजार रुपैयाँका ६ हजार ६३ वटा पोलिसी त्याग भएका छन् ।

यस्तै, कम्पनीहरुमा भदौ महिनामा १ अर्ब १४ करोड ८६ लाख ७२ हजार रुपैयाँका ८ हजार ५२ वटा र साउन महिनामा एक अर्ब ५१ करोड २७ लाख ८५ हजार रुपैयाँ बराबरका ८ हजार ४२२ वटा पोलिसी त्याग भएका छन् ।

बीमितले बीमालेखलाई निरन्तरता दिन नसक्नुका कारणमध्ये मूख्य कारण बीमितलाई आर्थिक संकट पर्नु हो । यस्तै, बीमालेख खरिद गर्नुपूर्व आफुले खरिद गर्ने बीमा योजनाका बारेमा राम्रोसँग नबुझ्नु अर्को कारण हो । ग्राहकले आफ्नो आवश्यकता अनुसारका पोलिसी किन्ने वातावरण सृजना नभएसम्ममा पोलिसी बीचमै बन्द हुने समस्या चलिरहने बीमकहरु बताउँछन् ।


क्लिकमान्डु