कर्मचारी बोनसका लागि कुन जीवन बीमा कम्पनीले कति रकम छुट्याए ?



काठमाडौं । चालु आर्थिक वर्षको तीन महिनाअर्थात् पहिलो त्रैमासको अवधिमा जीवन बीमा कम्पनीहरुले कर्मचारी बोनसका लागि १९ करोड रुपैयाँ भन्दा धेरै रकम छुट्याएका छन् ।

कम्पनीहरुले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार सञ्चालनमा रहेका १९ जीवन बीमा कम्पनीले १९ करोड ७८ लाख रुपैयाँ रकम कर्मचारी बोनसको लागि छुट्याएका हुन् ।

जुन गत आवको यसै अवधिको तुलनामा ५९.९३ प्रतिशतले धेरै हो । गत आवको सोही अवधिमा यी कम्पनीहरुले कर्मचारी बोनस व्यवस्था शिर्षकमा १२ करोड ३७ लाख रुपैयाँ रकम छुट्याएका थिए ।

बीमा कम्पनीहरुले आर्थिक वर्ष सकिएपछि साधारणसभा सम्पन्न गरि कर्मचारीलाई छुट्याएको बोनस वितरण गर्ने गर्छन् ।

चालु आवको तीन महिनामा कर्मचारी बोनसका लागि धेरै रकम नेपाल लाइफले छुट्याएको छ । इन्स्योरेन्सले यस अवधिमा २ करोड ५५ लाख रुपैयाँ छुट्याएको हो ।

यस्तै, नेपाल लाइफपछि धेरै रकम छुट्याउने कम्पनीहरुमा ज्योति लाइफ, सूर्या लाइफ, सन नेपाल लाइफ, रिलायन्स लाइफ, एशियन लाइफ, नेशनल लाइफ परेका छन् ।

ज्योतिले यस अवधिमा २ करोड ३९ लाख रुपैयाँ, सूर्या लाइफले २ करोड ३० लाख रुपैयाँ, सन नेपालले १ करोड ६७ लाख रुपैयाँ, रिलायन्सले १ करोड ६७ लाख रुपैयाँ, एशियनले १ करोड ३० लाख रुपैयाँ र नेशनलले १ करोड ४१ लाख रुपैयाँ छुट्याएका छन् ।

अरु कम्पनीले भने एक कर्मचारी बोनसका लागि १ करोड रुपैयाँ भन्दा कम रकम छुट्याएका छन् ।

यूनियन लाइफले २७ लाख ८३ हजार, महालक्ष्मी लाइफले २३ लाख २६ हजार, एलआइसी नेपालले १४ लाख ५५ हजार, गुँरास लाइफले ६३ लाख ५० हजार, सानिमा लाइफले ५६ लाख ३१ हजार र प्रभु लाइफले ३७ लाख ७४ हजार रुपैयाँ रकम कर्मचारी बोनस व्यवस्थाका लागि छुट्याएका छन् ।

यस्तै, पहिलो त्रैमासको अवधिमा प्राइम लाइफले कर्मचारी बोनस व्यवस्थाका लागि ५८ लाख ४० हजार, राष्ट्रिय बीमा संस्थानले १५ लाख ४४ हजार, आइएमई लाइफले ७२ लाख ५७ हजार र सिटिजन लाइफले ७८ लाख १८ हजार रुपैयाँ छुट्याएका छन् ।

गत आवको सोही अवधिको तुलनामा १६ कम्पनीको कर्मचारी बोनस व्यवस्था शीर्षकका छुट्याइने रकम बढेको छ ।

सबैभन्दा धेरै प्रतिशतले नेपाल लाइफको बढेको छ । गत आवको सोही अवधिको तुलनामा ४७०.८० प्रतिशतले बढेको हो ।

रिलायान्स लाइफको २१७.१३ प्रतिशत, सन नेपाल लाइफको १९९.४१ प्रतिशत, ज्योति लाइफको १३३.२९ प्रतिशत, सूर्या लाइफको ८२.५३ प्रतिशत, राष्ट्रिय बीमा संस्थानको ७३.२९, आइएमई लाइफको ६६.२९ प्रतिशत र गुँरास लाइफको ५४.८८ प्रतिशतले बढेको छ ।

यस्तै, रिलायबल नेपाल लाइफको ३४.७१ प्रतिशत, मेट लाइफको ३१.८८ प्रतिशत, नेशनल लाइफको ३१.६० प्रतिशत, एशियन लाइफको २१.५८ प्रतिशत, सानिमा लाइफको १५.४६ प्रतिशत, सिटिजन लाइफको १२.९९ प्रतिशत र प्रभु लाइफको २.४४ प्रतिशतले बढेको छ ।


क्लिकमान्डु