नेपाल लाइफका सीईओको तलब भत्ता १ करोड १३ लाख, सञ्चालकले लिए ८४ लाख बढी



काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले प्रमुख कार्यकारी अधिकृत (सीईओ)लाई १ करोड १३ लाख ४४ हजार ९२ रुपैयाँ तलब भत्ता दिएको छ ।

इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/०७८ मा सीईओलाई उक्त रकम तलब भत्ता लगायत अन्य सुविधा बापत दिएको जनाएको छ ।
कम्पनीले सीईओलाई निश्चि बार्षिक तलब तथा भत्ता बापत ६३ लाख ६३ हजार २१५ रुपैयाँ, प्रोत्साहन सुविधा (इन्सेन्टिभ) बापत २२ लाख ७६ हजार ३७६ रुपैयाँ र अन्य सुविधा बापत २७ लाख ४ हजार ५०१ रुपैयाँ दिएको जनाएको छ ।

कम्पनीले अन्य पदाधिकारी सहित १९ जनालाई तलब, भत्ता, दशैं खर्च र सञ्चय कोष सुविधा बापत ७ करोड ६९ लाख ९८ हजार ३०३ रुपैयाँ भुक्तानी गरेको छ ।

कम्पनीका अनुसार उक्त आवमा सञ्चालक समितिको १७ वटा बैठक बसेका छन् । १७ वटा बैठकमा भत्ता स्वरुप ८४ लाख ३६ हजार रुपैयाँ भत्ता बुझेका छन् । सञ्चालक समितिले नीति निर्माणको अतिरिक्त व्यवस्थापनलाई रणनीतिक निर्देशन दिने, वित्तीय अनुशासन र जवाफदेहिता कायम गराउने, बीमित र अन्य सेवाग्राहीहरुको हितरक्षार्थ सुनिश्चितता प्रूदान गर्ने काम गरेको जनाइएको छ ।

कम्पनीले आर्थिक वर्ष २०७७/०७८ मा २ अर्ब ५४ करोड ८० लाख ४४ हजार २२९ रुपैयाँ खर्च गरेको छ । जसमा कर्मचारी खर्च ५९ करोड ३९ लाख ६० हजार ५७२ रुपैयाँ खर्च गरेको छ भने प्रशासनिक तर्फ १ अर्ब ९५ करोड ४० लाख ८३ हजार ७२७ रुपैयाँ खर्च गरेको छ ।


क्लिकमान्डु