बैंक मर्जरः जनावर त मिल्छन् भने मान्छे किन मिल्न सक्दैनन् ?



नेपाल राष्ट्र बैंकले २०७२ साउन २१ गते परिपत्र नं. २ जारी गरी बैंक तथा वित्तीय संस्थाहरुलाई २०७४ असार मसान्तसम्म करिब ४ गुणा चुक्ता पुंजी पुर्याउन दिएको थियो । निर्देशन अनुसार २०७४ असार मसान्तसम्म बाणिज्य बैंकहरुले ८ अर्ब, राष्ट्रियस्तरका विकास बैंकहरुले २ अर्ब ५० करोड, ४ देखि १० जिल्ले विकास बैंकहरुले १ अर्ब २० करोड, १ देखि ३ जिल्ले विकास बैंकहरुले ५० करोड र फाईनान्स कम्पनीहरुले ८० करोड चुक्ता पुँजी पु््र्याउनु पर्नेछ ।

चुक्ता पुँजी बृद्धि गर्ने निर्देशन आएपछि अहिले बैंक तथा वित्तीय संस्थाहरुमा मर्जर तथा एक्विजशनको लहर चलेको छ
। वि.सं २०४० मा २ वाणिज्य बैंक र २ विकास बैंक रहेको नेपालको वैकिङ प्रणालीमा बैंक तथा वित्तीय संस्थाहरुको संख्या वृद्धि भई वि.स. २०६८ असार मसान्तमा यो संख्या सर्वाधिक २१८ पुगेको थियो ।

वित्तीय प्रणालीमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’ वर्गका संस्थाहरुको संख्या ३१, ‘ख’ वर्गका संस्थाहरुको संख्या ८७, ‘ग’ वर्गका संस्थाहरुको संख्या ७९ र ‘घ’ वर्गका संस्थाहरुको संख्या २१ रहेको थियो ।

बैंक तथा वित्तीय संस्था एकापसमा गाभ्ने/गाभिने विनियमावली कार्यान्वयमा ल्याएपछि २०६८ असार १ मा हिमचुली विकास बैंक र वीरगञ्ज फाइनान्स एक आपसमा गाभिएर पहिलो मर्जरको रुपमा एच एण्ड बी डेभलपमेण्ट बैंक बनेको थियो ।

लेखक शर्मा कुमारी बैंक नारायणगढका शाखा प्रवन्धक तथा पिएचडी बिद्यार्थी हुन् ।

अहिले बैंक तथा वित्तीय संस्था एकापसमा गाम्ने÷गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) विनियमावली २०७३ लागु भई कार्यान्वयनमा छ भने मर्जर बिनियमावली २०६८ कार्यान्वयनमा आएको साढे पांच वर्षको अवधिमा कुल १४७ वटा बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभिएर ४६ वटा संस्था वनेका छ । जसले गर्दा १०१ वटा बैंक तथा वित्तीय संस्थाहरु घटेन गएको छ ।

नेपाल राष्ट्र बैंकले चैत्र मसान्तमा प्रकाशित गरेको बिवरण अनुसार २०७३ चैत्र मसान्तसम्म क बर्गका २८, ख बर्गका ५४, ग बर्गका ३३ र घ बर्गका ५० बटा संस्थाहरुले बैंकिङ सेवा प्रदान गरिरहेका छन् ।

अन्तर्राष्ट्रिय मुद्रा कोष ९आईएमअफ, २०११, २०१२० ले उदार नीतिका कारण नेपालमा सुपरिवेक्षकिय क्षमता भन्दा बैंकको संख्या अत्यन्त बढी भएको र यसले भावी समयमा प्रणालीगत जोखिम ल्याउनसक्ने देखाएको थियो भने बैंक तथा वित्तिय संस्थाको सख्या घटाएर १०० भन्दा तल झार्न समेत सुझाव दिएको थियो । जसले गर्दा राष्ट्र बैंकले वित्तीय क्षेत्रको उदारीकरणको दोस्रो चरण अन्तरर्गत वित्तीय सवलीकरण नीतिलाई कार्यान्वयन गर्ने क्रममा बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने नीतिको कार्यान्वयनका लागि मर्जर सम्बन्धी विनियमावली तर्जुमा गरेको थियो ।

विभिन्न बैंक तथा वित्तीय संस्थाहरुले फरक फरक उदेश्य राखी एक आपसमा मर्ज भएको देखिन्छ । मर्जरमा जाने कारणहरुमा पूँजी वृद्धि, वित्तीय अवस्थाको सुदृढीकरण, कारोबारको क्षेत्र विस्तार, प्रतिस्पर्धी क्षमतामा अभिवृद्धि गर्ने लगायतका रहेका छन् ।

एउटा संस्था अर्को संस्थासंग मर्जर हुंदा संस्थाहरुको कार्य गर्ने संस्कृति, निर्णय प्रक्रिया, स्तर वृद्धिबाट हुने मितव्ययीता, जनविश्वास, प्रविधि स्तरोन्नति र नयाँ सेवाहरुमा परिवर्तन हुने गरेको पाईन्छ ।

मर्जर वित्तीय सवलिकरणको एउटा उत्कृष्ट विकल्प हो । एक अध्ययनले देखाए अनुसार नेपालमा मर्ज भएका बैंक तथा वित्तीय संस्थाहरुमा क्रमिक सुधार देखिनुका साथै कर्मचारीका सम्बन्ध र उत्प्रेरणामा समेत सकारात्मक प्रभाव देखाएको छ । चुक्ता पूँजीको स्तर बृद्घीले अर्थतन्त्रमा सम्भाव्य लगानीको क्षमतामा अभिवृद्धि हुन सफल भएको देखिन्छ भने बैंकका विभिन्न वित्तीय परिसूचकहरुमा सकरात्मक सुधार आएको ल्याएको देखिन्छ ।

बास्तवमा स्वभावले नै मानिस सिंहसंग डरांउछ र सिंह मानिससंग डराउने र ज्यानको लागि एकले अर्काेलाई मार्न खोज्ने दुई फरक स्वभावका र दुई फरक जनावरहरु यात्रको सिलसिलामा एक अर्काेलाई बुझ्दै बुझ्दै अन्तमा एक अर्काको घनिष्ट मित्र हुन पुग्दछन् ।

अन्तराष्ट्रियस्तरमा मर्जरका कयौं सफल उदाहरणहरु पाईन्छ । भारतको आई.सि.आई.आई. बैंक लाई मर्जरको एउटा सफल उदाहरणको हो जसले साना–साना नौ वटा बित्तीय संस्थाहरुलाई गाभेर अहिले भारतको निजी क्षेत्रको सबै भन्दा ठुलो बैंकमा आफूलाई स्थापित गरार्ई २०१६ मा बेस्ट बैंक फर एसएमई र २०१७ मा बैस्ट रिटेल बैंक अफ दि ईयर अवार्ड प्राप्त गर्न सफल भएको छ ।

भारतकै स्टेट बैंक अफ ईण्डिया (एसबिआई बैंक) मर्जरको अर्काे सफल उदाहरण हो जसले बैंक अफ कलकत्ता, बैंक अफ बम्बई, बैंक अफ चेन्नई मिलेर इम्पेरियल बैंक अफ ईण्डिया र पछि ८ वटा स्टेटका बैंकहरु गाभेर स्टेट बैंक अफ ईण्डिया (एसबिआई बैंक) बनेको थियो ।
मर्जरपछि एसबिआईले २०१४ मा बेष्ट बैंक अफ एशिया मनि एफ एक्स पोल अफ पोल्सकोे साथै अमेरीकाले २९औं प्रख्यात बैंकको सम्मान र २००८ मा बैंक अफ द ईयर ईण्डियाबाट समेत सम्मान प्राप्त गर्न सफल भएको छ ।

ठुलो पुँजी भएका वैदेशिक लगानीका बैंकहरुसंगको सम्भावित प्रतिस्पर्धा, उचित प्रतिफलको अभाव, आईएमएफ र वल्र्ड बैंकको सुझाव, क्षेत्र बिस्तारको आवश्यकता, पुँजी वृद्धिको मागजस्ता कारणहरुलेगर्दा मर्जरले प्रथामिकता पाएको विभिन्न अध्यायनले देखाएतापनि चुक्ता पूंजी वृद्धिबाट बैंक तथा वित्तीय संस्थामा विप्रेषण आप्रवाहको उच्च वृद्धिबाट सिर्जित अधिक निक्षेपलाई उत्पादनशील लगानीतर्फ प्रवाह गर्न सक्ने क्षमता विस्तार हुनेमा कुनै शंका छैन ।

एक अध्ययनअनुसार मर्जरपश्चात् बन्ने नयाँ संस्था सम्वन्धित निकायमा दर्ता गर्नका लागि कम्पनी रजिष्ट्रार कार्यालयमा दर्तागर्न, सेयर धितोपत्रमा सूचीकरण गर्ने, मर्ज हुने संस्थाहरुलाई दिइने कर छुट लगायतका सुविधाहरुमा समेत समय समयमा पुनरावलोकन गर्नु, मर्जमा जाने बैंक वित्तीय संस्थाका कर्मचारीहरुको वृत्ति विकास तथा तहगत निर्धारण र तलव भत्ताका सन्दर्भमा स्पष्ट संरचना प्रस्तुत गर्नु, मर्जरको अवस्थाका बारेमा कर्जा सेवा लिएका तथा निक्षेपकर्ताहरुलाई समेत बैंक तथा वित्तीय संस्थाहरुले सुसूचित गर्नु सफल मर्जरको आवश्यकता देखिन्छ ।

नेपालको सन्दर्भमा बैंक तथा वित्तीय संस्थाको संख्यात्मक वृद्धिबाट मात्र अपेक्षित उपलब्धि हासिल हुन नसकेको, स्वस्थ्य प्रतिस्पर्धाको अभाव, कतिपय संस्थाहरुमा पूँजीको न्यूनता, तरलता व्यवस्थापनमा समस्या, कर्जाको गुणस्तरमा ह्रास, सञ्चालन खर्चमा वृद्धि, नोक्सानमा जाने अवस्था, वित्तीय अनुशासनमा ह्रास, संस्थागत सुशासनको कमी, सञ्चालक समिति र व्यवस्थापनको बीचमा विवाद जस्ता कारणहरुले गर्दा कतिपय बैंक तथा वित्तीय संस्थाहरु स्वयं नै संस्थागत स्थायित्वको खोजी गरिरहेका र कतिपय वित्तीय संस्थाले वित्तीय प्रणालीबाट सुरक्षित र सहज बहिर्गमन पनि चाहिरहेको अवस्थामा मर्जरपछि यस्ता केहि समस्याहरुलाई समाधान गरेको देखिएता पनि केहि संस्थाहरुमा सञ्चालक समिति तथा कर्मचारी ब्यवस्थापनमा केहि समस्या देखा परेको देखिन्छ ।

सन् २०१२ मा रिलिज भएको हलिउडको चलचित्र लाई अफ पाईमा समुन्द्रिक यात्राको एउटा दुर्घटनासँगै हिरो र एउटा सिंह एउटा ढुंगामा संगै पर्छन् । बास्तवमा स्वभावले नै मानिस सिंहसंग डरांउछ र सिंह मानिससंग डराउने र ज्यानको लागि एकले अर्काेलाई मार्न खोज्ने दुई फरक स्वभावका र दुई फरक जनावरहरु यात्रको सिलसिलामा एक अर्काेलाई बुझ्दै बुझ्दै अन्तमा एक अर्काको घनिष्ट मित्र हुन पुग्दछन् ।

यसरी फरक स्वभावका र फरक जनावरका त यति घनिष्ठ मित्र हुन सक्छन् भने मर्जर भएका बैंकरहरु त एउटै उदेश्य अर्थात आफू राम्रो बैंकर बन्ने र बैंकको उदेश्य पूरा गर्ने समान लक्ष्य एवं उदेश्य लिएर अगाडी बढेकाहरु किन साथी बन्न सक्दैनन् । सञ्चालक समिति एवं कर्मचारीहरु सबैले मर्जरको मुख्य लक्ष्य एवं उदेश्यलाई मनन् गरिदिए मर्जर अवश्य नै सफल हुनसक्छ । मर्जर वित्तीय सवलिकरणको एउटा उत्कृष्ट विकल्प हो । मर्जर समस्या होईन अवसर हो ।


पुष्प दुलाल