प्रभु क्यापिटल र क्रिस्टल डाईग्नोस्टिकबीच सेवा सुविधामा छुट सम्बन्धी समझौता



काठमाडौं । प्रभु क्यापिटल र क्रिस्टल डाइग्नोस्टिकबीच प्रभु क्यापिटलका हितग्राहीको लागि विशेष छुट समझौता भएको छ । मंगलबार दुबै पक्षबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

उक्त सम्झौता पश्चात् क्यापिटलका सबै हितग्राहीहरुले ल्याबको सम्पूर्ण सेवा सुविधामा २०% छुट पाउनेछन् भने आउट सोर्सिङ गरेको टेस्टमा ल्याबबाट १०% छूट पाउनेछन् ।

यो अफरबाट लाभ लिन हितग्राहीले आफ्नो प्रभु क्यापिटलको एप डाउलोड गरी डिम्याट खाता लिङ्क गरेको देखाउनुपर्नेछ ।

सो समझौतामा क्यापिटलले गर्ने सामाजिक उत्तरदायित्वका कार्यहरुमा जस्तै स्वास्थ्य शिविर, रक्तदान शिविर आदि गतिविधिहरूमा समेत ल्याबले सहयोग गर्ने क्यापिटलले जनाएको छ ।


क्लिकमान्डु