कति दिने भयो सिद्धार्थ इन्स्योरेन्सले लाभांश ?



काठमाडौं । सिद्धार्थ इन्स्योरेन्सले सेयर लगानीकर्तालाई लाभांश दिने प्रस्ताव गरेको छ ।

कम्पनीको मंगलबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/०७९ को मुनाफाबाट लाभांश दिने प्रस्ताव गरेको हो ।

कम्पनीले ९.४७ प्रतिशतले हुन आउने १२ करोड २० लाख २१ हजार ५३ रुपैयाँ नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

कम्पनीले प्रस्ताव गरेको उक्त लाभांश बीमा समितिले स्वीकृत गरेर कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।


क्लिकमान्डु