राष्ट्रिय बीमा कम्पनीको नाफा १३ प्रतिशतले घट्यो, खुद बीमाशुल्क ११४.८९ ले बढ्यो



काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासको अवधिमा राष्ट्रिय बीमा कम्पनीको नाफा १३.२५ प्रतिशतले घटेको छ । यस अवधिमा कम्पनीले ५ करोड ३८ लाख ६० हजार रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ ।

गत आवको सोही अवधिमा कम्पनीले ६ करोड २० लाख ८७ हजार रुपैयाँ नाफा कमाएको थियो ।

कम्पनीको खुद बीमाशुल्क संकलनमा उल्लेख्य सुधार देखिएको छ । कम्पनीले १५ करोड ८२ लाख ५२ हजार रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ ।

गत आवको यसै अवधिको तुलनामा कम्पनीको खुद बीमाशुल्क संकलन ११४.८९ प्रतिशतले बढेको हो । गत आवको यसै अवधिमा कम्पनीले ७ करोड ३६ लाख ४२ हजार रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको थियो ।

२६ करोड ६६ लाख ३९ हजार रुपैयाँ चुक्ता पुँजी रहेको राष्ट्रिय बीमा कम्पनीको जगेडा कोषमा ३ अर्ब ४१ करोड २१ लाख रुपैयाँ र बीमा कोषमा २ अर्ब ६९ करोड ३८ लाख रुपैयाँ सञ्चित छ ।

कम्पनीले चालु आवको पहिलो त्रैमासमा ३२३ वटा बीमा दाबीवपात ४३ करोड ४ लाख रुपैयाँ कुल दावी भुक्तानी गरेको छ ।
चालु आर्थिक वर्षको सोही अवधिसम्म आइपुग्दा राष्ट्रिय बीमा कम्पनीको प्रति सेयर आम्दानी २०.२० रुपैयाँ, प्रति सेयर नेटवर्थ १३७९.७० रुपैयाँ छ ।

कम्पनीले चालु आवको असोज मसान्तसम्ममा पुनर्बीमा कमिशनबाट ७ करोड ४ लाख ८५ हजार रुपैयाँ, लगानी, कर्जा तथा अन्य आयबाट ३ करोड २ लाख रुपैयाँ आम्दानी गरेको छ ।

पहिलो त्रैमासको अवधिमा कम्पनीले अभिकर्ता कमिशन शीर्षकमा २० लाख ७०हजार रुपैयाँ खर्चेको छ ।


क्लिकमान्डु