सन नेपाल लाइफको नयाँ बोनसदरः बीमितले पाउने भए २० देखि ७५ रुपैयाँसम्म



काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले नयाँ बोनसदर सार्वजनिक गरेको छ ।

इन्स्योरेन्सले आर्थिक वर्ष २०७८/७९ को आर्थिक स्थितिको लेखाजोखा र दायित्वको मूल्याङ्कन सम्बन्धी बीमाङ्कीय प्रतिवेदन बीमा समितिबाट स्वीकृत गरेपश्चात बीमितलाई दिने बोनसदर सार्वजनिक गरेको हो ।

उक्त विवरण कात्तिक २० गते स्वीकृतभएसँगै मुनाफामा सरिक हुने(बोनस प्रदान गर्ने) गरी जारी भएका बीमालेखहरुका लागि बोनसदर कायम गरिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार बीमितले न्यूनतम २० रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनस दर पाउने भएका छन् ।

सनलाइफ सावधिक जीवन बीमालेख अन्तर्गत इन्स्योरेन्सले बीमा योजना र बीमा अवधिका लागि प्रतिहजार न्यूनतम ३० रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँ बोनसदर कायम गरेको छ ।

यस बीमालेख अन्तर्गत ० देखि ९ वर्षे बीमा अवधि र १० देखि १४ वर्षे बीमा अवधिका लागि इन्स्योरेन्सले प्रतिहजार ३०-३० रुपैयाँ, १५ देखि १९ वर्षे बीमा अवधिका लागि प्रतिहजार ३५ रुपैयाँ, २० देखि २४ वर्षे बीमा अवधिका लागि ६० रुपैयाँ र २५ वा सो भन्दा बढीका बीमा अवधिका लागि प्रतिहजार ७५ रुपैयाँ बोनसदर दिने भएको छ ।

इन्स्योरेन्सको भाग्योदय जीवन बीमालेख(एकल भुक्तानी सावधिक) बीमालेख र बाल समृघ जीवन बीमालेख बालबालिकाको सावधिक बीमा) योजनामा बीमितले प्रति हजार न्यूनतम ३० रुपैयाँ र अधिकतम ७५ रुपैयाँ बोनसदर पाउने भएका छन् ।

इन्स्योरेन्सको नवीन आजीवन जीवन बीमा(सावधिक तथा आजीवन) बीमालेख अन्तर्गत बीमितले प्रतिहजार न्यूनतम ३० रुपैयाँ र अधिकतम ७५ रुपैयाँ बोनसदर पाउने छन् ।

यस्तै, इन्स्योरेन्सको सार्थक आजीवन बीमालेख (अग्रिम भुक्तानी तथा आजीवन) बीमालेख अन्तर्गत सबै बीमा अवधिमा बीमितले ३६ रुपैयाँ बोनसदर पाउने भएका छन् ।

इन्स्योरेन्सको सिमित अवधि भुक्तानी तथा अग्रिम भुक्तानी सावधिक बीमा योजनाहरु(धनलक्ष्मी बीमा योजना समेत) मा बीमितले प्रतिहजार न्यूनत २० रुपैयाँदेखि अधिकतम ३० रुपैयाँसम्म बोनसदर पाउने भएका छन् ।

यस्तै, कम्पनीले धनञ्जय वार्षिक अग्रिम भुक्तानी जीवन बीमालेखका लागि बीमा अवधिअनुसार प्रतिहजार न्यूनतम २० रुपैयाँदेखि अधिकतम ३० रुपैयाँ बोनसदर कायम गरेको छ ।

उल्लेखित बोनस दर मृत्यु दाबी, पूर्ण वा आंशिक अवधि भुक्तानी, दाबी, समर्पण मूल्य, चुक्ता मूल्य तथा चालु बीमालेखमा समेत लागू हुने कम्पनीले जानकारी दिएको छ ।

साथै, कम्पनीका अनुसार आगामी बीमाङ्कीय मूल्याङकन बीमा प्राधिकरणबाट स्वीकृत नभएसम्म भुक्तानी गर्ने सम्पूर्ण दाबीहरुमा यही बोनस दर कायम हुने छ । जीवन बीमा कम्पनीले बीमितहरुलाई भुक्तान गर्ने प्रतिफललाई बोनसदर भनिन्छ  । बीमा कम्पनीहरुले आर्जन गरेको मुनाफाको आधारमा प्रतिवर्ष प्रतिहजारमा बोनसदर निर्धारण गर्ने गर्छन् ।

कम्पनीले आम्दानी गरेको वार्षिक कुल नाफामध्ये ९० प्रतिशत रकम बीमितहरूलाई वितरण गरिन्छ भने १० प्रतिशत रकम लगानीकर्तालाई वितरण गर्नुपर्ने व्यवस्था छ । बीमितले पाउने बोनसदर हरेक वर्ष थपघट हुन्छ ।


क्लिकमान्डु