युनाइटेड इन्स्योरेन्सबाट बाहिरिन् उपासना पौडेल



काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)बाट उपासना पौडेलले राजीनामा दिएकी छिन् ।

उनले दिएको राजीनामा समेत कम्पनीले स्वीकृत गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले सोमबारदेखि लागू हुनेगरी राजीनामा स्वीकृत गरेको हो ।

यस्तै सोमबारदेखि लागू हुनेगरी महाप्रबन्धक नबिन सुवेदीलाई निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको छ ।


क्लिकमान्डु