युनाईटेड इन्स्योरेन्सले ५.२६ प्रतिशत लाभांश दिने, बोनस कति ?



काठमाडौं । युनाईटेड इन्स्योरेन्सले सेयरधनीहरुलाई लाभांश घोषणा गरेको छ ।

कम्पनीको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले लाभांश दिने प्रस्ताव गरेको हो ।

कम्पनीले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीलाई लाभांश दिने प्रस्ताव गरेको हो । कम्पनीले हाल कायम रहेको चुक्ता पुँजीको ५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

यो प्रस्ताव बीमा समितिले स्वीकृत गरेर कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।


क्लिकमान्डु