ज्योति लाइफको नाफा १३३.२८% ले बढ्यो, खुद बीमाशुल्क ९१ करोड संकलन



काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ९१ करोड ४० लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ ।

गत आवको पहिलो त्रैमासको सोही अवधिको तुलनामा खुद बीमाशुल्क १५.६७ प्रतिशतले बढेको छ । अघिल्लो आवको सोही अवधिमा इन्स्योरेन्सले ७९ करोड १ लाख ९३ हजार रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको थियो ।

कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अवधिमा २१ करोड ५२ लाख ७१ हजार रुपैयाँ नाफा कमाएको छ । जुन गत आवको सोही अवधिको तुलनामा १३३.२८ प्रतिशतले धेरै हो । गत आवको सोही अवधिमा ९ करोड २२ लाख ८० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । इन्स्योरेन्सको नाफा बीमाङ्कीय मूल्यांकन अघिको नाफा हो ।

इन्स्योरेन्सले लगानी, कर्जा तथा अन्य आयबाट १५ करोड ८१ लाख ९४ हजार रुपैयाँ र बीमालेखको धितोमा कर्जाबाट २ करोड ४४ लाख ४७ हजार रुपैयाँ आम्दानी गरेको छ । गत आवको यसै अवधिमा इन्स्योरेन्सले लगानी, कर्जा, तथा अन्य आयबाट ९ करोड ५५ लाख रुपैयाँ र बीमालेख धितोमा कर्जाबाट १ करोड २४ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

२ अर्ब ४२ करोड रुपैयाँ चुक्ता पुँजी रहेको इन्स्योरेन्सको वार्षिक प्रति सेयर आम्दानी ३५.३८रूपैयाँ छ । १ अर्ब ३५ करोड रुपैयाँ जगेडा कोष भएको कम्पनीको प्रति सेयर नेटवर्थ १४८.३२ रूपैयाँ छ ।

यस्तै, इन्स्योरेन्सको जीवन बीमा कोषमा ७ अर्ब ४ करोड ६९ लाख रुपैयाँ सञ्चित छ । महाविपत्ति जगेडा कोषमा १४ करोड ८ लाख रुपैयाँ सञ्चित छ । यस अवधिमा इन्स्योरेन्सले अभिकर्ता कमिशन खर्च शिर्षकमा १० करोड १० लाख ९१ हजार रूपैयाँ खर्चेको छ ।

१ हजार ९०० वटा बीमा दाबीवापत कम्पनीले ८७ करोड ९ लाख रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ । १३५ वटा बीमा दाबीवापत ६ करोड २६ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।


क्लिकमान्डु