बीमा समिति आजदेखि नेपाल बीमा प्राधिकरणमा रुपान्तरण



काठमाडौं । बीमा समिति आजदेखि नेपाल बीमा प्राधिकरणमा रुपान्तरण भएको छ । अध्यक्ष सूर्यप्रसाद सिलवालले नेपाल बीमा प्राधिकरणको उद्घाटन गरेका हुन् ।

नयाँ बीमा ऐन २०७९ रापत्रमा प्रकाशित भएको ३१ दिन पछि अनौपचारिक रुपमा कार्यान्वयनमा आएको हो । उक्त ऐन कार्यान्यनमा आएसगैँ बीमा समितिले प्राधिकरणको रुपमा काम गर्ने व्यवस्था छ ।

समितिले अहिले भइरहेको कामहरुलाई निरन्तरता दिने छ ।

अब प्राधिकरण अधिकार सम्पन्न र स्वायत संस्थाको रुपमा रहने छ । साथै, लाइसेन्स दिने ‌खारेज गर्ने, पुँजी कति निर्माण गर्ने लगायतका काम प्राधिकरणले गर्ने छ ।


क्लिकमान्डु