सहकारीको साधारणसभा भोटमाग्ने स्थल बनेपछि बागमती प्रदेशका सहकारीलाई ४ गतेसम्म सभा गर्न रोक



काठमाडौं । बागमती प्रदेशको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मंसिर ४ गतेसम्म प्रदेश मातहतका सहकारीलाई साधारणसभा नगर्न निर्देशन जारी गरेको छ ।

सहकारी संस्थाको साधारणसभा प्रतिनिधि सभा एवं प्रदेश सभा निर्वाचनका उम्मेदवारको भोट माग्ने स्थल बनेपछि बागमती प्रदेशका सहकारीको साधारणसभा रोकिएको छ ।

बागमती प्रदेशको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले निर्वाचन आचारसंहिता लागु रहेको अवधिमा बागमती प्रदेशभित्र रहेका कतिपय सहकारी संघ-संस्थाहरुले साधारणसभा गर्दा जनप्रतिनिधि, प्रतिनिधि सभा एवं प्रदेश सभाका उम्मेदवारहरु आमन्त्रण गर्ने गरिएको पाएपछि मंसिर ४ गतेसम्मका लागि सभा गर्न रोक लगाएको जनाएको छ ।

मन्त्रालयले उक्त गतिविधिबाट निर्वाचन आचारसंहिता उल्लङ्घन हुन सक्ने अवस्था देखिएकाले मंसिर ४ गतेसम्म कुनै पनि साधारणसभा नगर्न, नगराउनु सबै सहकारी संघ-संस्थाहरुलाई आग्रह गरेको प्रदेश रजिष्ट्रार नारायण प्रसाद ज्ञवाली जानकारी गराए ।


क्लिकमान्डु