अजोड इन्स्योरेन्सले किन बोलायो विशेष साधारणसभा ?



काठमाडौं । अजोड इन्स्योरेन्सले मंसिर ९ गतेका लागि विशेष साधारणसभा बोलाएको छ ।

आइतबार बसेको सञ्चालक समितिको बैठकले मंसिर ९ गते विशेष साधारणसभा बोलाउने निर्णय गरेको हो । सभामा कम्पनीले संस्थापक समूहको ७० र सर्वसाधारण समूहको ३० प्रतिशत हिस्सा रहेको रहेको र संस्थाको १९ प्रतिशत सेयर सर्वसाधारण सेयरमा परिवर्तन गरी कम्पनीको सेयर स्वामित्व संरचना ५१ः ४९ कायम गर्ने प्रस्ताव लैजाने भएको छ ।

सभाले प्रभुसँग मर्जरमा जाने प्रस्तावलाई अनुमोदन गर्नेछ भने अन्य उपयुक्त निर्जीवन बिमा कम्पनीसँग एक आपसमा गाभ्ने, गाभिने र प्राप्ति गर्न आवश्यक पर्ने सम्पूर्ण कार्य गर्न मर्जर अध्ययन कमिटी गठन गर्ने निर्णयसमेत अनुमोदन गर्नेछ ।

सभाका लागि भन्दै कम्पनीले मंसिर २ गते बुक क्लोज गर्ने भएको छ । मंसिर १ गतेसम्म कायम रहेका सेयरधनीले सभामा भाग लिन पाउनेछन् । अजोड र प्रभुबीच असार ३२ गरे मर्जमा जानका लागि सम्झौता भएको छ ।


क्लिकमान्डु