राजस्व छल्ने गुप्ता विरुद्ध तीन करोड ८० लाख दाबी गर्दै मुद्दा दायर



काठमाडौं । राजस्व अनुसन्धान विभागले एक जना विरुद्ध तीन करोड ८० लाख ५९ हजार ५२६ रुपैयाँ बिगो दाबी गर्दै उच्च अदालत पाटन हेटौडामा मुद्दा दायर गरेको छ ।

चितवन जिल्ला भरतपुर महानगरपालिका–३ शहिद चौक बस्ने वर्ष २८ को साई रामकुमार गुप्ताले राजस्व चुहावट गरेको भन्दै मुद्दा दायर गरिएको छ ।

गुप्ताले द्दण्ठ८ पुस १३ गते चितवन भरतपुर महानगरपालिका–३ शहिद चौकमा भन्सार छली गरी मालसामान पैठारी गरी लुकाई छिपाई खरिद बिक्री गरी राजस्व चुहावट गरेको पाइएको छ । गुप्ताले भंसार महसुल तथा मुल्य अभिवृद्धि कर छली गरेको पाईएको ।


क्लिकमान्डु