बैंकको मुद्दती निक्षेपमा लगानी गर्दै बीमा समिति



काठमाडौं । बीमा समितिले बैंकको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । समितिले समितिसँग भएको बैंक मौज्दात समितिको नीतिअनुसार वाणिज्य बैंक तथा विकास बैंकको मुद्दती निक्षेपमा लगानी गर्ने भएको हो ।

समितिले वाणिज्य बैंक र विकास बैंकलाई आफुले दिन सक्ने अधिकतम प्रतिफल उल्लेख गरी कात्तिक २३ गतेसम्म सिलबन्दी दरभाउपत्र पेश गर्न भनेको हो ।

बैंकहरुले मुद्दती निक्षेपमा उपलब्ध गराउन सक्ने ब्याजदर, अन्तिम पटक प्रकशित त्रैमासिक वित्तीय विवरण, विगत ३ वर्षको बैंकको नाफा/नोक्सान, बैंकको कर्जा निक्षेप अनुपात लगायतका विवरण पेश गर्नुपर्ने समितिको सूचनामा उल्लेख छ ।

स्थापना भएको वर्ष र पुँजी पर्याप्तता कोष लगायतका विवरणहरु उल्लेख गरी दरभाउपत्र पेश गर्नुपर्ने समितिले जनाएको छ ।


क्लिकमान्डु