ठाडी भन्सारले उठाउन सकेन लक्ष्यअनुसार राजस्व



गोलबजार । सिरहाको भगवानपुर गाउँपालिका–४ मा अवस्थित ठाडी भन्सार कार्यालयले लक्ष्यअनुसारको राजस्व उठाउन सकेको छैन ।

आर्थिक वर्ष २०७८/७९ मा रु १३ करोड दुई लाख ८१ हजार पाएको लक्ष्य तीन करोड ८३ लाख ९२ हजार ९३ रुपैयाँ उठाउन सकेको हो । त्यो लक्ष्यभन्दा १० करोड रुपैयाँ कम हो ।

ठाडी भन्सार कार्यालय प्रमुख धुव्रप्रसाद कोइरीले भन्सारबाट बढी मात्रामा टायल्स, मार्बल र भारतीय गाडी भित्रने र राजस्व उठ्ने गरेको तथा निर्यात शून्य अवस्थामा रहेको बताए ।

चालु आव २०७९/०८० मा ११ करोड ४३ लाख ६७ हजार रुपैयाँ राजस्व उठाउने कार्यालयको लक्ष्य रहेकामा असोजसम्म एक करोड १५ लाख २४ हजार छ सय ४१ रुपैयाँ राजस्व उठाउन सकिएको छ ।

कार्यालयले पाएको लक्ष्य पूरा गर्न चुनौती रहेको जनाउँदै अवैधरुपमा भन्सार छली गरी ल्याएको समान जफत गरिएको र चोरी पैठारीसम्बन्धी एक सय ६८ मुदा दर्ता भएको कार्यालय प्रमुख काइरीले बताए ।


क्लिकमान्डु