बैंकविरुद्ध व्यवसायी सडकमा (फोटो फिचर)



काठमाडौं । शुक्रबार माइतीघर मण्डलामा बैंक तथा वित्तीय संस्थाविरुद्ध आन्दोलनको प्रदर्शन भयो ।

आन्दोलनमा बैंकै सञ्चालकहरु सडकमा पलेटी कसेर बसे ।

उद्योगी व्यवसायीले धान्नै नसक्ने गरी बैंक तथा वित्तीय संस्थाले ब्याजदर बढाएको भन्दै उद्योगी व्यवसायीले सडक आन्दोलन शुरु गरेका हुन् ।

तर, यस्तो आन्दोलनमा पटेलि कसेर बस्ने मध्ये बैंकका सञ्चालकहरु पनि सहभागी थिए ।

एनआईसी एशिया बैंकका सञ्चालन रामचन्द्र संघाइ र सिटिजन्स बैंकका सञ्चालकसमेत रहेका महासंघका कार्यकारीणी सदस्य प्रवलजंग पाण्डेको पनि उपस्थिति रहेको थियो ।

आन्दोलनमा उत्रिएकाहरुले ‘ब्याज दरमा स्थिरता देउँ, गरि खाने मर्दै छ;सरकारको राजस्व घट्दै छ,चालू पुँजी निर्देशिका स्थगित गर, ब्याज दर चर्को भो, गरि खान गाह्रो भो लगायत लेखिएको प्ले कार्ड प्रदर्शन गरेका थिए ।

काठमाडौं उपत्यकाका जिल्ला तहका उद्योग वाणिज्य संघको नेतृत्वमा माइतीघर मण्डलामा ब्याजदर एकल विन्दुमा राख्नु पर्ने माग गर्दै बिरोध प्रदर्शन गरेका हुन् ।

उद्योगी व्यवसायीले नेपाल राष्ट्र बैंकले गत कात्तिक १ गतेबाट कार्यान्वयनमा ल्याएको चालू पूँजी कर्जा सम्बन्धी नीति फिर्ता लिन माग गर्दै सडक आन्दोलन शुरु गरेका हुन् ।

तस्बिरहरु


क्लिकमान्डु