बीमितको मृत्यू भए इच्छाइएको व्यक्तिले पाउँछन् भुक्तानी, इच्छाइएको व्यक्तिको पनि निधन भए कसले पाउँछ ?



काठमाडौं । बीमा अवधि समाप्त भएपश्चात् यदि बीमित जीवित नै छ भने उसैलाई र यदि जीवित छैन भने उसका हकवालालाई दाबी भक्तानी गर्नुपर्दछ ।

कुनै पनि जीवन बीमालेखको अवधि समाप्त हुनु अगावै सो बीमालेख लिने व्यक्तिको मृत्यू भएमा बीमालेख अनुसारको रकम निजले आफ्नो बीमालेखमा इच्छाइएको व्यक्तिले पाउँछन् ।

निजले कसैलाई नइच्छाएको अवश्थामा वा इच्छाइएको व्यक्तिको अघि नै मृत्यू भइसकेको भए बीमालेख लिने व्यक्तिको देहाय बमोजिम नाता पर्ने आश्रितहरुमध्ये क्रमानुसार र एकै क्रमका एकभन्दा बढी जीवित नातेदार भएमा दामासाहीले जीवित सदस्यले पाउँछन्ः

सगोलका पति वा पत्नी, सगोलका छोरा, छोरी, विधवा छोरा बुहारी, सगोलको बाबु आमा (विवाहित महिलाको हकमा सासू ससूरा), आफुले पालनपोषण गर्नुपर्नु बाजे बज्यै र छोरापट्टिको नाति, नातिनी, भिन्न बसेको पति पत्नी, भिन्न बसेको अविवाहित छोरी, छोरा विधवा छोरा बुहारी, भिन्न बसेको बाबु आमा, सगोलको सौतेनीआमा, सगोलको सौतेनी छोराछोरी, सागोलको दाजु भाइ, दिदि बहिन, विवाहित महिलाको हकमा भिन्न कसेका सासू ससूरा, भिन्न बसेका छोरापट्टीका नाति, अविवाहित नातिनी, भिन्न बसेको सौतेनी आमा, भिन्न बसेको सौतेनी छोरा, अविवाहित सौतेनी छोरी, विवाहित महिलाको हकमा सगोलको जेठाजु, जेठानी, देवर, देउरानी, सागोलको भतिजा, भतिजि, सगोलको काका, विधवा काकी, भाउजू, भाइ बुहारी, भिन्न बसेका दाजुभाइ, दिदि बहिनी, भिन्न बसेका बाजे, बज्यै, नातिनी बुहारी, भतिजा, भतिजी, बीमितसँग अन्तिम अवश्थामा सँगै बसी निजको हेरचाह गर्ने व्यक्ति ।

उक्त बमोजिम इच्छाइएको व्यक्तिको मृत्यु भएमा र इच्छाइएको व्यक्ति बदल्न चाहेमा बीमालेख लिनेले अर्को व्यक्तिलाई इच्छाउन सम्बन्धित बिमक कहाँ लेखी पठाउनुपर्ने छ ।

बीमकले पनि बीमालेख लिनेको अनुरोधबमोजिम इच्छाइएको व्यक्ति राखी त्यसको लिखित सूचना सम्बन्धित बीमालेख लिनेलाई दिनुपर्छ।

बीमितका मृत्यू भएमा इच्छाइएको व्यक्ति वा हकवालाले छिटोभन्दा छिटो बीमा कम्पनीमा जानकारी गराउनु पर्दछ । जानकारी गर्दा निधन भएको समय, उमेर, कारण आदि कुरा उल्लेख गर्नुपर्दछ ।

जानकारी प्राप्त भएपछि बीमा कम्पनीले उपलब्ध गराउने दाबी फारामसहित अन्य पेस गर्नुपर्ने कागजातहरु जस्त मृत्युदर्ता प्रमाणपत्र, नातासम्बन्धी प्रमाणपत्र, बीमालेख दुर्घटनाबाट मृत्यू भएको भए प्रहरी प्रतिवेदन आदि कागजातहरु बीमा कम्पनीमा पेश गर्नुपर्दछ ।

दाबी गर्दा इच्छाइएको व्यक्तिको पनि मृत्यु भइसकेको छ भने माथि उल्लेख गरिएबमाजिमको सबैभन्दा पहिला क्रममा आउने हकवालाले नाता प्रमाणित गराइ बीमा कम्पनी समक्ष पेश गर्नुपर्दछ । सम्पूर्ण प्रमाण र कागजात पूरा भएपछि बीमा कम्पनीले सम्बन्धित व्यक्तिलाई नियमानुसार दाबी भुक्तानी गर्नुपर्दछ ।


क्लिकमान्डु