सानिमा जनरल र जनरल इन्स्योरेन्सले कात्तिक ७ गतेदेखि एकीकृत कारोबार गर्ने



काठमाडौं । सानिमा जनरल र जनरल इन्स्योरेन्सले एकीकृत करोबारको मिति तय गरेका छन् ।

कम्पनीहरूले सानिमा जिआइसी इन्स्योरेन्सको नामबाट कात्तिक ७ गते(सोमबार)देखि एकीकृत कारोबार गर्ने भएका हुन् ।

बीमा समितिले पुँजी वृद्धि गर्न निर्देशन दिएपछि यी दुवै कम्पनीले असार २९ गते मर्जरमा जाने सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।

दुवै कम्पनीहरूको असोज ११ गते सम्पन्न भएको विशेष साधारण सभाले मर्जरको प्रस्ताव पारित गरेको थियो ।

बीमा समितिले असोज १४ गते अन्तिम स्वीकृतिपत्र दिएको थियो । यस्तै, नेपाल सरकार, उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालय, कम्पनी रजिष्ट्रारको कार्यालयले अजोस २७ गते स्वीकृति दिएको थियो ।

त्यसपश्चात संयुक्त मर्जर समितिको असोज ३१ गतेको निर्णयले सानिमा जिआइसी इन्स्यारेन्स लिमिटेडको नामबाट एकीकृत कारोबार गर्ने निर्णय गरेको थियो ।

हाल सानिमा जनरल र जनरल इन्स्योरेन्सको चुक्ता पुँजी १/१ अर्ब रूपैयाँ छ । नयाँ बन्ने कम्पनीको संयुक्त चुक्ता २ अर्ब रूपैयाँ पुग्ने छ ।

बीमा समितिले निर्जीवन बीमा कम्पनीहरूलाई आगामी चैत मसान्तभित्रमा साढे २ अर्ब रूपैयाँ पुँजी कायम गर्न निर्देशन दिएको छ ।

नियामकले तोके बमोजिमको पुँजी कायम गर्न यी कम्पनीहरूलाई अझै ५० करोड रूपैयाँ पुँजीको आवश्कता देखिन्छ ।


क्लिकमान्डु