टिभिएसले एक्सचेन्ज मेला आयोजना गर्ने, के–के छन् सुविधा ?



काठमाडौं । नेपालका लागि टिभिएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले एक्सचेन्ज मेलाको आयोजना गर्ने भएको छ ।

मेला असोज ३१ गते (भोली) बाट कात्तिक ५ गते सम्म काठमाडौंको भृकुटीमण्डपमा चल्ने छ । मेलामा ग्राहकहरुले कुनै पनि ब्राण्डका पुरानो बाईक तथा स्कुटर एक्सचेन्ज गर्दा आर्कष्क छुट तथा उपहारहरु पाउने छन् ।

मेलामा सहभागी हुने ग्राहकले आफ्नो पुरानो बाईक तथा स्कुटर एक्सचेन्ज गरेर टिभिएसको मोटरसाइकल र स्कुटर लिँदा पाउने छन् बजार मुल्याङ्कन भन्दा ७ हजार बढी, साथै नकिन्दै १ लाख र किन्दा १० लाख सम्मको नगद छुट पाउनेछन् ।
यो योजनामा आकर्षक फाइनान्स अफर समावेश रहेको छ ।

यो योजना अन्तर्गत न्यूनतम २५ प्रतिशत डाउनपेमेन्ट र ४ हजाार २७७ को मासिक ईएमआइमा बाइक तथा स्कुटर लिन सकिन्छ । यस बाहेक ग्राहकहरुले हेलमेट, बाइक कभर, र ब्याग जस्ता उपहार पनि प्राप्त गर्न सक्ने छन् ।


क्लिकमान्डु