जीवन बीमा कम्पनीले १८% ले बढाए नयाँ व्यवसाय, नेपाल लाइफसहित ६ कम्पनीको घट्यो



काठमाडौं । जीवन बीमा कम्पनीहरूको नयाँ व्यवसाय बढेको छ । यसअघि बीमा कम्पनीहरूले नयाँ पोलिसी बिक्रीलाई भन्दा पनि नवीरकण बीमाशुल्कलाई प्राथमिकता दिँदै आएका थिए ।

बीमा समितिका अनुसार कम्पनीहरुको कुल व्यवसायमा नवीकरणीय बीमाको हिस्सा बढी र प्रथम बीमाशुल्कको हिस्सा न्यून देखिन्थ्यो । तर, भदौ महिनामा भने कम्पनीहरूले नयाँ व्यवसाय विस्तार गरेका छन् । चालु आवको दोस्रो महिनामा कम्पनीहरूले २ अर्ब ६० करोड १५ लाख रूपैयाँको नयाँ व्यवसाय गरेका छन् । जुन साउनको तुलनामा १८.०७ प्रतिशतले बढी हो । साउन महिनामा कम्पनीहरूले २ अर्ब २० करोड ३३ लाख रूपैयाँको नयाँ व्यवसाय गरेका थिए ।

साउनको तुलनामा भदौमा कम्पनीहरूमा नवीकरण बीमाशुल्क भने घटेको छ । भदौ महिनामा कम्पनीहरूले नवीकरण बीमाबाट ८ अर्ब ३७ करोड ३७ लाख रूपैयाँ संकलन गरेका छन् । यो साउनको तुलनामा ३४.८५ प्रतिशतले कम हो । बीमा समितिका अनुसार कम्पनीहरुले भदौ महिनामा १० अर्ब ९७ करोड ५३ लाख रूपैयाँ कुल बीमा संकलन गरेका छन् ।

कम्पनीहरूले भदौ महिनामा १४ लाख ७४ हजार ३९७ वटा बीमालेख जारी गरी उक्त रकम संकलन गरेका हुन् । जसमा नयाँ व्यवसायको हिस्सा २३.७० प्रतिशत र नवीकरणीय बीमाशुल्कको हिस्सा ७६.३० प्रतिशत हुन आउँछ ।

चालु आवको पहिलो महिनामा सञ्चालनमा रहेका जीवन बीमा कम्पनीले १५ अर्ब ५ करोड ७४ लाख २६ हजार रूपैयाँ कुल बीमाशुल्क संकलन गरेका थिए । कम्पनीहरूको कुल व्यवसायमा नयाँ व्यवसायको हिस्सा १४.६३ प्रतिशत थियो ।

साउन महिनामा कम्पनीहरूले नवीकरण बीमाशुल्कवात १२ अर्ब ८५ करोड ४० लाख ४० हजार रूपैयाँ उठाएका थिए । जीवन बीमा कम्पनीहरूको कुल व्यवसायमा नवीकरण बीमाशुल्कको हिस्सा ८५.३७ प्रतिशत हुन आउथ्यो ।

जीवन बीमा कम्पनीहरूले पोलिसी बिक्री गरेको सुरूवातको किस्ता बापत प्राप्त हुने रकम प्रथम बीमाशुल्क हो भने बीमा कम्पनीहरूले दोस्रो वा सो भन्दा पछि संकलन गर्ने बीमाशुल्क नवीकरण बीमाशुल्क हो ।नेपाल लाइफसहितका ६ कम्पनीको नयाँ व्यवसाय घट्यो बीमा समितिले सार्वजनिक गरेको तथ्यांअनुसार साउनको तुलनामा भदौ महिनामा अधिकांश पूराना जीवन बीमा कम्पनीको नयाँ व्यवसाय घटेको छ । नयाँ व्यवसाय घट्नेमा नेपाल लाइफ, राष्ट्रिय बीमा संस्थान, नेशनल लाइप्m, मेट लाइफ र गुराँस लाइफ इन्स्योरेन्स रहेका छन् ।

साउनको तुलनामा नेपाल लाइफको नयाँ व्यवसाय १.३४ प्रतिशतले घटेर ४६ करोड ५० लाख रूपैयाँमा सीमित भएको छ । साउन महिनामा इन्स्योरेन्सले ४७ करोड १३ लाख रूपैयाँको नयाँ व्यवसाय गरेको थियो । साउनको तुलनामा भदौमा नेशनल लाइफको नयाँ व्यवसाय १०.९२ प्रसतिशत, राष्ट्रिय बीमा संस्थानको ४.२४ प्रतिशत, मेट लाइफको ०.६३ प्रतिशत र गरुाँस लाइफको ६..६१ प्रतिशतले घटेको छ ।

यस्तै, पूराना जीवन बीमातर्फ लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआइसी)को नयाँ व्यवसाय ९५.८२ प्रतिशत, एशियन लाइफको ४८.२० प्रतिशत, सूर्या लाइफको ३०.२६ प्रतिशत र प्राइम लाइप्mको २३.७५ प्रतिशतले बढेको छ । नयाँ जीवन बीमा कम्पनीतर्फ भने ज्योति लाइफ बाहेकका अन्य सबै कम्पनीले नयाँ व्यवसाय बढाएको समितिको तथ्यांकले देखाएको छ।

साउनको तुलनामा ज्योतिको नयाँ व्यवसाय ११.७१ प्रतिशतले घटेर ११ करोड ६९ लाख रूपैयाँमा सीमित भएको हो । साउन महिनामा ज्योतिले १३ करोड २५ लाख रूपैयाँको नयाँ व्यवसाय गरेको थियो ।

यस्तै, साउनको तुलनामा आइएमई लाइफले ०.२९ प्रतिशत, यूनियन लाइफले १९.९० प्रतिशत, सन नेपाल लाइफले ५ प्रतिशत, रिलायन्स लाइफले ४७.४७ प्रतिशत, रिलायबलले ३०.८८ प्रतिशत, सिटिजन लाइफले ९२.२० प्रतिशत, सानिमा लाइफले ९६.५९ प्रतिशत, प्रभु लाइफले ४१.४७ प्रतिशत र महालक्ष्मी लाइफले १०.८७ प्रतिशतले नयाँ व्यवसाय बढाएका छन् ।


क्लिकमान्डु