रु रु जलविद्युतको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कति दिँदैछ लाभांश ?



काठमाडौं । रु रु जलविद्युत परियोजनाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।

आजसम्म कायम रहेका लगानीकर्ताले मात्रै कम्पनीको लाभांश पाउने छन् । कम्पनीले आर्थिक वर्ष २०७८/०७९ को मुनाफाबाट लगानीकर्तालाई १०.५२ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

कम्पनीले कात्तिक ४ गतेका लागि साधारणसभा बोलाएको छ । साधारणसभाका लागि बिहीबार भोली बुक क्लोज गर्ने भएको छ । जसले गर्दा आज कायम रहेका लगानीकर्ताले मात्रै कम्पनीले घोषणा गरेको लाभांश पाउने छन् ।

कम्पनीले आव २०७८/०७९ को मुनाफाबाट १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । यो प्रस्ताव सभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।


क्लिकमान्डु