
काठमाडौं । नेपालका लागि महिन्द्रा सवारीसाधनको आधिकारिक वितरक अग्नि ग्रुप अन्तर्गतको बालाजु अटो वर्क्स प्रालिले वार्षिक सर्भिस क्याम्प ‘महिन्द्रा केयरफेस्ट २०८२ः सर्भिस उत्कृष्ट, गाडी चिटिक्क’को बम्पर उपहार विजेताको घोषणा गरेको छ । काठमाडौंको बालाजुस्थित महिन्द्राको आधिकारिक सर्भिस सेन्टरमा आयोजित विजेता घोषणा कार्यक्रममा लक्की ड्रमार्फत विजेता छनौट गरिएको हो ।
कार्यक्रममा नेपाली खेलकुद क्षेत्रकी प्रतिष्ठित व्यक्तित्व, राष्ट्रिय महिला फुटबल टोलीकी खेलाडी एवम् एपिएफ महिला फुटबल टोलीकी कप्तान अनिता बस्नेतको विशेष आतिथ्यतामा, अग्नि ग्रुपका अध्यक्ष क्याबिनेट श्रेष्ठ, अग्नि ग्रुप तथा बालाजु अटो वर्क्सका प्रतिनिधिहरू, महिन्द्रा एन्ड महिन्द्राका प्रतिनिधिहरू, तथा सञ्चार प्रतिनिधीहरूको उपस्थिति रहेको थियो ।
गत माघ ९ गतेदेखि १४ गतेसम्म देशैभरका ५३ भन्दा बढी आधिकारिक सर्भिस सेन्टरहरूमा सञ्चालन भएको महिन्द्रा केयरफेस्टमा महिन्द्राद्वारा प्रमाणित दक्ष प्राविधिकहरूद्वारा जेन्युन स्पेयर पार्ट्स र अत्याधुनिक डायग्नोस्टिक उपकरण प्रयोग गरी महिन्द्राको सवारीसाधनको सर्भिसिङ प्रदान गरिएको थियो । यसै अन्तर्गत सेवा लिने हजारौँ ग्राहकहरूमध्येबाट एक जना भाग्यशाली विजेता गोलाप्रथामार्फत छानिएको हो ।
औपचारिक समारोहमा सम्पन्न गोलाप्रथामार्फत मैनाबगर बुटवलको अटो लाण्ड प्रालिका हरि पन्त विजेता भएका हुन् । विजेताले बम्पर उपहार स्वरूप बिगस सि–१२ इलेक्ट्रिक स्कुटर प्राप्त गरेका छन् ।
बालाजु अटो वर्क्स, केयरफेस्ट २०८२ जस्ता सर्भिस क्याम्पहरूमार्फत नेपाली ग्राहकसँगको सम्बन्धलाई अझ बढी बलियो र फलदायी बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास गर्दछ । आगामी दिनहरूमा पनि ग्राहकहरूलाई यस्तै उत्कृष्ट सेवा र आकर्षक सुविधाहरू प्रदान गरिरहने प्रतिबद्धता व्यक्त गर्दछ ।
बालाजु अटो वर्क्स केयरफेस्टमा उल्लेखनीय र उत्साहजनक सहभागिताको लागि समस्त शाखा, डिलर, सब–डिलर साझेदार तथा महिन्द्रा ग्राहक परिवारलगायत प्रत्यक्ष र अप्रत्यक्ष रूपमा जोडिएका सम्पूर्णमा हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछ ।









प्रतिक्रिया