दुई महिनामा जीवन बीमा कम्पनीले गरे २६ अर्बको व्यवसाय, साउनको तुलनामा २७ प्रतिशतले घट्यो



काठमाडौं । चालु आर्थिक वर्षको २ महिनामा सञ्चालनमा रहेका जीवन बीमा कम्पनीहरूले २६ अर्ब रूपैयाँको व्यवसाय गरेका छन् ।

१९ जीवन बीमा कम्पनीहरूले चालु आवको साउन र भदौ महिनामा २६ अर्ब ३ करोड २७ लाख रूपैयाँको व्यवसाय गरेका हुन् ।

बीमा समितिका अनुसार कम्पनीलहरुले भदौमा मात्रै १० अर्ब ९७ करोड ५३ लाख रूपैयाँ कुल बीमा संकलन गरेका छन् । कम्पनीहरूले भदौमा १४ लाख ७४ हजार ३९७ वटा बीमालेख जारी गरी उक्त रकम संकलन गरेका हुन् ।

समितिकाअनुसार भदौमा कम्पनीहरूले प्रथम बीमाशुल्कवापत २ अर्ब ६० करोड १५ लाख रूपैयाँ र नविकरणीय बीमाशुल्क बापत ८ अर्ब ३७ करोड ३७ लाख रूपैयाँ संकलन गरेका छन् । जुन साउन महिनाको तुलनामा २७।११ प्रतिशतले कम हो ।

जीवन बीमा कम्पनीहरूले चालु आवको पहिलो महिना अर्थात साउन महिनामा १५ अर्ब ५ करोड ७४ लाख रूपैयाँको व्यवसाय गरेका थिए ।

साउन महिनामा कम्पनीहरूले प्रथम बीमाशुल्कबाट २ अर्ब २० करोड ३३ लाख रूपैयाँ र नवीकरण बीमाशुल्कबाट १२ अर्ब ८५ करोड ४० लाख रूपैयाँ गरी कुल १५ अर्ब रूपैयाँ संकलन गरेका थिए ।

साउन महिनामा कम्पनीहरूमा ७ लाख १० हजार ३४ वटा बीमालेख जारी भएका थिए । जीवन बीमा कम्पनीहरूमध्ये सबैभन्दा धेरै बीमाशुल्क संकलन गर्ने कम्पनीको सूचीमा नेपाल लाइफ इन्स्योरेन्स परेको छ । कम्पनीले भदौ महिनामा मात्रै २ अर्ब ८५ करोड रूपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । दुई महिनामा नेपाल लाइफले कुल ७ अर्ब ६२ करोड ५७ लाख रूपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

नेशनल लाइफ इन्स्योरेन्स इन्स्योरेन्सले भदौमा १ अर्ब ६१ करोड रूपैयाँ कुल बीमाशुल्क संकलन गरेको समितिको तथ्यांकमा उल्लेख छ । इन्स्योरेन्सले भदौ महिनासम्ममा कुल ३ अर्ब २३ करोड ५ लाख रूपैयाँ बीमाशुल्क संकलन गरेको छ ।

एलआईसी नेपालले भदौ महिनामा १ अर्ब ३१ करोड रूपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । इन्स्योरेन्सले दुई महिनाको अवधिमा ३ अर्ब १९ करोड ७५ लाख रूपैयाँ कुल बीमाशुल्क संकलन गरेको समितिले जनाएको छ ।

भदौ महिनामा यूनियन लाइफले ५९ करोड ६७ लाख, सिटिजन लाइफ ५४ करोड ५१ लाख, एशियन लाइफले ५० करोड ९६ लाख, मेट लाइफले ४४ करोड ५८ लाख, सूर्या लाइफले ४२ करोड ५० लाख, राष्ट्रिय बीमा संस्थानले ३३ करोड ६७ लाख रूपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् ।

यस्तै, भदौमा प्राइम लाइफले ३१ करोड ५६ लाख, सन नेपाल लाइफले ३० करोड ९७ लाख रूपैयाँ, रिलायबल नेपाल लाइफले २९ करोड ८४ लाख, ज्योति लाइफले २८ करोड ९४ लाख, आइएमई लाइफले २४ करोड ९६ लाख, रिलायन्स लाइफले २२ करोड ७० लाख, सानिमा लाइफले १८ करोड ६८ लाख, गुराँस लाइफले १८ करोड १३ लाख, प्रभु लाइफले १६ करोड ३५ लाख र महालक्ष्मी लाइफले ११ करोड ४६ लाख रूपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् ।


क्लिकमान्डु