नेपाली मुद्रा झनै कमजोर, अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च
काठमाडौं । नेपाली रुपैयाँ अहिलेसम्मकै कमजोर बनेको छ । अमेरिकी डलरको तुलनामा भारतीय मुद्रा कमजोर बन्दा त्यसको असर नेपाली मुद्रमा परेको छ । जसले गर्दा नेपाली मुद्रा कमजोर बन्दै गएको छ ।
आइतबार नेपाली बजारमा १ अमेरिकी डलरको खरिद मूल्य १३१.४२ रुपैयाँ र बिक्री मूल्य १३२.०२ रुपैयाँ तोकिएको छ । डलरले यसअघिका रेकर्डलाई तोड्दै नयाँ रेकर्ड बनाएको हो ।
अमेरिकी डलरसँग नेपाली रूपैयाँको विनिमय दर भारतिय रूपैयाँ र डलरको विनिमय दरको आधारमा तय गरिँदै आएको छ । जसले गर्दा भारतिय रूपैयाँ कमजोर बन्दा नेपाली रूपैयाँ कमजोर हुने गरेको छ ।
राष्ट्र बैंकले युरोको खरिद मूल्य १२८ रुपैयाँ ८६ पैसा तथा खरिद मूल्य १२९ रुपैयाँ ४५ पैसा कायम गरेको छ । त्यस्तै युके पाउण्ड स्टलिङको खरिद मूल्य १४७ रुपैयाँ ४४ पैसा र बिक्री मूल्य १४८ रुपैयाँ ११ पैसा रहेको छ ।
अष्ट्रेलियन डलरको खरिद मूल्य ८४ रुपैयाँ ४४ पैसा र बिक्री मूल्य ८४ रुपैयाँ ८२ पैैसा, साउदी रियालको खरिद मूल्य ३४ रुपैयाँ ९४ पैसा र बिक्री मूल्य ३५ रुपैयाँ १२ पैसा, कतारी रियालको खरिद मूल्य ३५ रुपैयाँ ९४ पैसा र बिक्री मूल्य ३६ रुपैयाँ ११ पैसा रहेको छ भने मलेसियन रिङगिटको खरिद मूल्य २८ रुपैयाँ २६ पैसा र बिक्री मूल्य २८ रुपैयाँ ३९ पैसा रहेको छ ।