बेलबारीमा प्रत्येक वर्ष जग्गाको मूल्य बढेको बढ्यै, कुन क्षेत्रको भाउ कति पुग्यो ?



काठमाडौं । देशभर सबैभन्दा बढी घरजग्गा कारोबार हुने मालपोत कार्यालय इनरुवापछि बेलबारी मोरङले हरेक वर्ष जग्गाको मूल्य बढाएको पाइएको छ । मालपोत कार्यालय मोरङले आर्थिक वर्ष २०७९/८० मो न्यूनतम मूल्याङ्कन पुस्तिका सार्वजनिक गर्दै मूल्य बढाएको पाइएको छ ।

मालपोत कार्यालय मोरङले आर्थिक वर्ष २०७८/७९ मा प्रतिकठ्ठा ६ लाख रुपैयाँसम्म बढाएको थियो । गत वर्षमात्रै प्रतिकठ्ठा ६ लाख रुपैयाँसम्म मूल्य बढाएको कार्यालयले यो वर्ष पनि पनि ५ लाखसम्म मूल्य बढाएको छ ।

मालपोत कार्यालयहरुले विभिन्न मार्ग निर्देशन समेतका आधारमा जग्गा रहेको स्थानको बाटो, अवस्था र प्रकार, बजार मूल्य, र न्यूनतम मूल्यबीचको अन्तर यथासम्भव कम गराउन विभिन्न क्षेत्रभित्र बढेको आर्थिक गतिविधि, जनसंख्याको चाप, जग्गाको स्थलरुप, भौतिक सुविधा, कृषिउपज, व्यापारिक तथा पर्यटकीय क्षेत्रसमेतलाई दृष्टिगत गरी जग्गाको मूल्याङ्कन गरी मूल्य बढाउँदै आएका छन् ।

मोरङ मालपोत कार्यालयले पनि विकासलाई आधारमा मानेर हरेक वर्ष मूल्याङ्कन गरी न्यूनतम मूल्य बढाएको जनाएको छ । मासिक २ हजारभन्दा बढी घरजग्गा किनबेच हुने कार्यालयले चालु आर्थिक वर्षमा प्रतिकठ्ठा जग्गाको अधिकतम मूल्य प्रतिकठ्ठा ५१ लाख रुपैयाँसम्म तोकेको छ ।

कार्यालयले गत वर्ष अमरदह १क क्षेत्रमा पर्ने जग्गाको प्रति कठ्ठा न्यूनतम ६० हजारदेखि १८ लाख मूल्याङ्कन गरेको छ । तर, यो वर्ष कार्यालयले प्रति कठ्ठा ७० हजारदेखि २१ लाख रुपैयाँसम्म तोकेको छ । जसमा पक्की बाटो, गोरेटो बाटो र खेतीयोग्य जमिनको आधारमा मूल्य तोकेको छ । त्यस्तै, अमरदह १खको जग्गाका मूल्य पनि १क जति नै मूल्याङ्कन गरेको छ ।

कार्यालयले यो वर्ष अमरदह १ग क्षेत्रको जग्गाको न्यूनतम ७० हजारदेखि ११ लाख रुपैयाँसम्म, अमरदह १घ क्षेत्रको न्यूनतम ७० हजारदेखि १९ लाख रुपैयाँसम्म, अमरदह १ए र १च क्षेत्रको ९ लाख रुपैयाँसम्म, अमरदह २क क्षेत्रको ३ लाख २५ हजार रुपैयाँसम्म, अमरदह २ख क्षेत्रको ११ लाख रुपैयाँसम्म र अमरदह ४क क्षेत्रको प्रति कठ्ठा २१ लाख रुपैयाँसम्मको मूल्याङ्कन गरेको छ ।

त्यसैगरी, अमरदह ४ख मा न्यूनतम प्रति कठ्ठा ९ लाख रुपैयाँसम्म, अमरदह ४ग मा ७ लाख ५० हजार रुपैयाँसम्म, ४घ मा ३ लाख रुपैयाँसम्म, ४ट मा १२ लाख रुपैयाँसम्म, ४ढ मा १३ लाख रुपैयाँसम्म, ४ण मा १४ लाख रुपैयाँसम्म र अमरदह ५ब, ५भ, ५झ, ९घ र ९थ क्षेत्रको ५ लाख रुपैयाँसम्म न्यूनतम मूल्याङ्कन गरेको छ ।
त्यसैगरी अमरदह ४त र ४थ को क्षेत्रको न्यूनतम १२ लाख रुपैयाँसम्म, ४द को ७ लाख २५ हजार रुपैयाँसम्म, ४ध को ३ लाख ५० हजार रुपैयाँसम्म, ४न को ७ लाख ५० हजार रुपैयाँसम्म र अमरदह गाविसको ६ लाख ५० हजार रुपैयाँ मूल्याङ्कन गरेको छ ।

सुन्दरहरैँचा नगरपालिकाको वडा नम्बर ३को क्षेत्रको प्रतिकठ्ठा १ लाख ५० हजारदेखि १५ लाख रुपैयाँसम्म, बेलबारी नगरपालिका १क क्षेत्रको ३ लाखदेखि ११ लाख रुपैयाँसम्मको मूल्याङ्कन गरेको छ । साथै, कार्यालयले बेलबारी मोरङभित्र पर्ने अधिकांश जग्गाको न्यूनतम प्रति कठ्ठा ७५ हजार रुपैयाँदेखि ५१ लाख रुपैयाँसम्म मूल्याङ्कन गरेको छ ।

कार्यालयल उर्लावारी चोक पश्चिमउत्तर ९१, ९२ समेतका राजमार्ग छुने १५० फिटसम्मका जग्गाको मूल्य प्रतिकठ्ठा न्यूनतम प्रतिकठ्ठा ५१ लाख रुपैयाँ तोकेको छ । त्यसैगरी, कार्यालयले उक्त मुधमल्ला गाविस पर्ने अधिकांश जग्गाको मूल्य प्रतिकठ्ठा २० लाखभन्दा माथि तोकेको छ ।

कार्यालयले बेलबारी मोरङको कसेनी गाविसको जग्गाको मूल्य प्रतिकठ्ठा न्यूनतम ७५ हजार रुपैयाँदेखि ४० लाख रुपैयाँसम्म, केराबारी गाकिस क्षेत्रको ७५ हजारदेखि २६ लाख रुपैयाँसम्म, करौज गाविसको क्षेत्रको १८ लाख रुपैयाँसम्म तोकेको छ । कार्यालयले सबैभन्दा बढी हरैँचाका गाविसको र मधुमल्ला गाविसको जग्गाको मूल्यमा प्रतिकठ्ठा ६ लाखसम्म बढाई ५१ लाख रुपैयाँसम्म मूल्याङ्कन गरी कायम गरेको छ ।


क्लिकमान्डु