रु रु जलविद्युत परियोजनाले साढे १० प्रतिशत लाभांश दिने, बुक क्लोज कहिले ?



काठमाडौं । रु रु जलविद्युत परियोजनाले सेयरधनीलाई लाभांश दिने प्रस्ताव गरेको छ ।

कम्पनीले आर्थिक वर्ष २०७८–७९ को नाफाबाट १०.५२ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो । जसमा बोनस १० प्रतिशत र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

लाभांश घोषणा गरेको कम्पनीले कात्तिक ४ गते १७ औं वार्षिक साधारणसभा बोलाएको छ । प्रस्तावित लाभांश सभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।

कम्पनीले सभाका लागि भन्दै असोज २७ गते बुक क्लोज गर्ने भएको छ ।, २६ गतेसम्म कायम रहेका सेयरधनीले लाभांश पाउनेछन् ।


क्लिकमान्डु