अर्थ मन्त्रालयलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण



काठमाडौं । निर्वाचन आयोगले अर्थ मन्त्रालयसँग स्पष्टीकरण मागेको छ ।

साउन १९ गते प्रदेश र संघिय निर्वाचन घोषणा भएपछि अर्थ मन्त्रालयले विभिन्न कार्यक्रममा रकमान्तर गरेको विषयमा उजुरी परेपछि निर्वाचन आयोगले अर्थ मन्त्रालयका सचिवलाई २४ घण्टा भित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ ।

‘संसदबाट पारित वार्षिक बजेट भन्दा फरक हुने गरी कुन कुन मन्त्रालय र निकायहरुमा के कति रकम कुन कुन योजना तथा कार्यक्रमहरुमा रकमान्तर निकासा र स्रोत सुनिश्चितता गरिएको छ वा छैन भन्ने विषयमा २४ घण्टा भित्र विवरण पेश गर्नु,’ निर्वाचन आयोगले अर्थ मन्त्रालयका सचिवलाई लेखेको पत्रमा उल्लेख छ ।

संसदबाट पारित वार्षिक बजेट तथा कार्यक्रम भन्दा फरक तरिकाबाट नयाँ योजना तथा कार्यक्रमहरु सञ्चालन हुँदा निर्वाचनको निष्पक्षता, स्वतन्त्रता र स्वच्छतामा प्रतिकुल असर पर्नै निर्वाचन आयोगले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।


क्लिकमान्डु