सिटिजन लाइफका संस्थापक सेयरधनीलाई ५०% रकम जम्मा गर्न समय थप



काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले कम्पनीका संस्थापक सेयरधनीहरूलाई ५० प्रतिशत रकम जम्मा गर्न समय थप गरिदिएको छ ।

साउन ६ गते सम्पन्न भएको विशेष साधारण सभाको निर्णयले कम्पनीको अधिकृत पुँजी, जारी पुँजी र चुक्ता पुँजी वृद्धि गर्ने निर्णय भई साउन १२ गते बसेको बैठकले साविक संस्थापक सेयरधनीहरूबाट सेयरमा लगानी भएको ५० प्रतिशत रकम माग गर्ने निर्णय भएको थियो ।

सो बमोजिम कम्पनीका संस्थापक सेयरधनीले असोज ७ गतेसम्म उक्त रकम जम्मा गरिसक्नु पर्ने थियो ।

कम्पनीको सञ्चालक समितिको बैठकको निर्णयले असोज २६ गतेसम्म सयम थप गरिदिएको हो ।

संस्थापकहरूले कम्पनीको वेवसाइटमा उपलब्ध रहेको सेयर लगानी फारम भरी नेपाल इन्भेष्टमेन्ट बैंक दरबारमार्ग, कुमारी बैंक, पुतलीसडम, हिमालयन बैंक, न्यूरोड र सानिमा बैंक, नक्सालमा रहेको खाता नम्बरमा रकम जम्मा गर्नुपर्ने इन्स्योरेन्सले जनाएको छ ।

उक्त फारम र रकम बुझाएको भौचर सेयरधनीले आगामी असोज २६ गतेभित्र कम्पनीको प्रधान कार्यालय काठमाडौंको टेकुमा बुझाउनु पर्ने इन्स्योरेन्सले जनाएको छ ।


क्लिकमान्डु