नेपाल लाइफ इन्स्योरेन्सले गर्यो लाभांश घोषणा, नगद र बोनस कति ?



काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ ।

कम्पनीको बिहीबार बसेको सञ्चालन समितिको बैंकले सेयरधनीलाई आर्थिक वर्ष २०७७/०७८ को मुनाफबाट लाभांश दिने प्रस्ताव गरेको हो ।

कम्पनीले लगानीकर्तालाई १५.७८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । यस्तै कर प्रयोजनका लागि ०.७८ प्रतिशत छुट्याएको छ ।

कम्पनीले यो पटक भने लगानीकर्तालाई बोनस सेयर दिएको छैन । यो प्रस्ताव बीमा समितिले स्वीकृति दिएर कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।


क्लिकमान्डु