टेस्लाको ‘सेल्फ ड्राइभिङ अटोपाइलट’ दाबीमाथि मुद्दा



एजेन्सी । टेस्लाका मालिक एलन मस्कले टेस्ला गाडीको अटोपाइलट र पूर्ण ‘सेल्फ ड्राइभिङ’ क्षमताबारे छलपूर्ण र भ्रामक रुपमा प्रचार गरेको भन्दै मुद्दा परेको छ ।

सेन फ्रान्सिस्कोका एक टेस्ला गाडीका मालिकले मस्क र उनको कम्पनीमाथि उनीहरुले दाबी गरिरहेको पूर्णरुपमा स्वचालिक ड्राइभिङ र अटोपाइलट सुविधाका लागि प्रचार गरिरहेको भन्दा कम सुविधा उपलब्ध भएको भन्दै मुद्दा परेको हो । टेस्लामा यो फिचर सशुल्क सफ्टवेयरबाट चलाउन सकिने कम्पनीको दाबी छ ।

उक्त मुद्दामा टेस्ला र मस्कले गाडीको ‘एडिएएस’ अर्थात् ‘एडभान्स ड्राइभर असिस्टेन्स सिस्टम’ प्रविधिको हालको क्षमताभन्दा उपलब्ध भएको भन्दा उपभोक्तालाई धेरै भएको दाबी गरिएको उल्लेख छ । टेस्लाले पटक पटक पूर्ण पमा स्वचालित गाडीको उत्पादन गर्ने बाचा गरेको भएतापनि हालसम्म पनि टेस्ला त्यो प्रविधिको नजिक पनि नभएको उल्लेख छ । मुद्दामा टेस्लाले लामो समयसम्म उक्त प्रविधिलाई ठीक गर्न खर्च गरेको र पटक पटकको बाचा गरेर उपभोक्तालाई दाबी गरिएको प्रणाली उपलब्ध नगराएको भन्दै मुद्दा परेको हो ।

मुद्दा हालेका ब्रिग्गस मत्स्कोले बताएअनुसार उनले टेस्लाको प्याकेजका लागि सन् २०१८ मा नै ५ हजार अमेरिकी डलर तिरेका थिए । विश्वभर थुप्रै टेस्लाका प्रयोगकर्ताहरुले यो रकम गाडीमा भएको अटोपाइलट प्रविधिलाई थप सुदृण गराउनका लागि तिरेका छन् ।

सुरुवातमै पूर्ण रुपमा स्वचालित गाडी भनिएको टेस्लाका लागि अहिले फेरि १५ हजारको प्याकेज राखिएको छ, जुन तत्कालै उपलब्ध पनि छैन । मत्स्कोले उक्त मुद्दामा आफूसँगै अन्य टेस्ला प्रयोगकर्ताहरुको पनि समस्या सुनेर सामुहिक मुद्दाकारुपमा हेरिनुपर्ने भनेका छन् । यता टेस्ला कम्पनीले भने यसअघि पनि फेन्टम ब्रेकिङका कारण भएका घट्नाहरुका लागि यस्तै सामुहिक मुद्दा भोगिरहेको छ ।

मुद्दामा भ्रामक र छलपूर्ण दाबी गर्ने मात्रै नभएर यस्तो दाबी जोखिमयुक्त पनि भएको उल्लेख छ । उक्त मुद्दामा २०१८ मा भएको एक घटनालाई उल्लेख गरिएको छ, जसमा अटोपाइलट मा चलाइएको टेस्लाको मोडल एक्स क्यालिफोर्नियामा दुर्घटना हुँदा चालकको मृत्यु भएको थियो ।


क्लिकमान्डु