जीवन बीमा कम्पनीको दाबी भुक्तानी रकम ३५ प्रतिशत र निर्जीवनको ८ प्रतिशतले बढ्यो



काठमाडौं । एक वर्षको अवधिमा जीवन बीमा कम्पनीहरूमा दाबी भुक्तानी रकम ३५.१५ प्रतिशत र निर्जीवन बीमा कम्पनीहरूमा ८.२५ प्रतिशतले बढेको छ ।

आर्थिक वर्ष २०७८/७९ मा सञ्चालनमा रहेका जीवन बीमा कम्पनीले ४४ अर्ब ६० करोड रूपैयाँ कुल दाबी भुक्तानी गरेका छन् । जुन अघिल्लो आवको तुलनामा ३५.१५ प्रतिशतले धेरै हो । आव २०७८/७९ मा कम्पनीहरूले ३३ अर्ब रूपैयाँ कुल दाबी भुक्तानी गरेका थिए ।

यस्तै, समितिकाअनुसार निर्जीवन बीमा कम्पनीहरूले गत आवमा १८ अर्ब ८२ करोड रूपैयाँ कुल दाबी भुक्तानी गरेका छन् । यो रकम अघिल्लो आवको तुलनामा ८.२५ प्रतिशतले धेरै हो । अघिल्लो आवमा कम्पनीहरूले १७ अर्ब ३९ करोड रूपैयाँ कुल दाबी भुक्तानी गरेका थिए ।

जीवन बीमा कम्पनीहरूले ३ लाख ३१ हजार ६३५ वटा बीमा दाबी वापत सो रकम भुक्तानी गरेका हुन् भने निर्जीवन बीमा कम्पनीहरूले १ लाख ४१ हजार १८६ वटा बीमा दाबी वापत सो रकम भुक्तानी गरेका हुन् ।

अघिल्लो आवमा जीवन बीमा कम्पनीहले १ लाख ३६ हजार ४६४ वटा बीमा दाबीको भुक्तानी गरेका थिए । यस्तै, समितिकाअनुसार निर्जीवन बीमा कम्पनीहरूले १ लाख ४६ हजार ९३१ वटा बीमा दाबीको भुक्तानी गरेका थिए ।

अघिल्लो आवको तुलनामा जीवन बीमा कम्पनीहरूमा कुल दाबी भुक्तानीको संख्या १४३.०२ प्रतिशतले बढेको हो । निर्जीवन बीमा कम्पनीहरूमा भने कुल दाबी भुक्तानी संख्या ३.९१ प्रतिशतले घटेको हो ।


क्लिकमान्डु