‘रियलमी सी थ्री थ्री’ मोबाइल लञ्च हुँदै, यस्ता छन् विशेषता
काठमाडौं– ‘रियलमी जिटी निओ थ्रि टी’को लञ्चसँगै कम्पनीले नयाँ फोन ‘रियअलमी सी थ्री थ्री’ पनि लञ्च गर्ने भएको छ । दुई स्टोरेज कन्फिग्रेसनसहितको यो फोन विभिन्न तीन रंगमा उपलब्ध हुने भएको छ ।
भारतमा सेप्टेम्बर १२ मा सार्वजनिक हुने यो फोन फोन हाल नेपालमा भने उपलब्ध छैन । भारतमा ८ हजार ९ सय ९९ रुपैयाँमा उपलब्ध यो फोन नेपालमा केही समयभित्र सार्वजनिक हुँदै छ । आगामी डिसेम्बरमा नेपालमा उपलब्ध हुने फोनको मूल्य १७ देखि २१ हजारसम्म हुनेछ ।
रियलमीको नयाँ फोनमा ५० मेगापिक्सलको मुख्य क्यामेरासहित ०.३ मेगापिक्सलको रियर (पछाडी)को क्यामेरा रहेको छ भने फ्रन्ट (अगाडी)को क्यामेरा ५ मेगापिक्सलको रहेको छ ।
‘बजेट सेग्मेन्ट’अन्तर्गत रहेको यो फोन दुई भेरियन्ट (प्रकार)मा उपलब्ध हुनेछ । ३ जिबी ¥याम तथा ३२ जिबी इन्टरनल स्टोरेज भएको एउटा भेरियन्ट र ४ जिबी ¥याम र ६४ जिबी इन्टरनल स्टोरजको अर्को भेरियन्टमा फोन रहेको छ ।
दुई भेरियन्टहरुमा स्टोरज र ¥यामबाहेक अन्य फरक भने छैनन् । रियलमीको आधिकारिक वेबसाइटमा ४ जिबी ¥याम र १२८ जिबी इन्टरनल स्टोरेजसहितको फोन उपलब्ध हुने उल्लेख भएतापनि उक्त भेरियन्टको आधिकारिक मूल्य भने तोकिएको छैन् ।
फोनमा १६.५१ सेन्टीमिटर (६.५ इञ्ज)को एचडी प्लस डिस्प्लेसहित ५ हजार एमएएचको लिथियम आयन ब्याट्री रहेको छ । १० वाटको चार्जिङ हुने फोनमा साइड माउन्टमा फिंगरप्रिन्ट स्क्यानर रहेको छ । रियलमीकाअनुसार फोनमा एन्ड्रोइड–१२ को अपरेटिङ सिस्टम रहेको छ ।