एशियन लाइफको एक लाख कित्ता संस्थापक सेयर बिक्रीमा



काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले एक लाख कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।

संस्थापक सेयरधनीबाट आफ्नो नाममा रहेको सेयरहरू बिक्री गर्नका लागि निवेदन आएपछि कम्पनीले बीमकको संस्थापक सेयर कारोबारसम्बन्धी निर्देशिका, २०७७ अनुसार बिक्री प्रक्रिया अघि बढाउने निर्णय गरेको हो ।

उक्त संस्थापक सेयर खरिद गर्न इच्छुक हाल कायम संस्थापक सेयरधनीलाई प्राथमिकता दिइने कम्पनीले जनाएको छ ।

कुनै संस्थापक सेयरधनीलाई उक्त संस्थापक सेयर खरिद गरी लिन इच्छा भएमा १५ दिभित्र आवश्यक कागजात प्रमाण संलग्न गरी कम्पनीको केन्द्रिय कार्यालय मैतीदेवी, काठमाडौंमा निवेदन दिन सकिने कम्पनीले जानकारी दिएको छ ।


क्लिकमान्डु