एशियन लाइफको वित्तीय विवरण स्वीकृत



काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सको वित्तीय विवरण स्वीकृत भएको छ । इन्स्योरेन्सको आर्थिक वर्ष २०७७/०७८ को वित्तीय विवरण बीमा समितिबाट भदौं २० गते स्वीकृत भएको हो ।

समितिले १५.२६ प्रतिशतले हुन आउने ३८ करोड ७६ लाख ५९ हजार २६ रूपैयाँ लाभांश वितरण गर्ने कम्पनीको सञ्चालक समितिको प्रस्तावलाई स्वीकृति दिएको कम्पनीले जानकारी दिएको छ ।

इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/०७८ मा हाल कायम रहेको चुक्ता पुँजी २ अर्ब ५३ करोड ९८ लाख ३५ हजार रूपैयाँको १४.५० प्रतिशतले हुन आउने ३६ करोड ८२ लाख ७६ हजार ७५ रूपैयाँ बोनस सेयर दिने प्रस्ताव गरेको थियो ।

यस्तै, इन्स्योरेन्सले नगद लाभांश (कर प्रयोजनको लागि) चुक्ता पुँजीको ०.७६ प्रतिशतले हुन आउने १ करोड ९३ लाख ८२ हजार ९.५१ रूपैयाँ वितरण गर्ने प्रस्ताव गरेको थियो ।

आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि उक्त लाभांश वितरण गरिने कम्पनीले जानकारी दिएको छ ।


क्लिकमान्डु