सिटी एक्सप्रेसको दशैं तिहार गोल्डेन अफर, ५ तोला सुन जित्ने मौका



काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले नेपालीहरुको महान चाड २०७९ सालको दशैँ, तिहार र छठ्लाई लक्षित गर्दै ‘विदेशबाट सिटी आयो, दशैं तिहारलाई गोल्डेन बनायो’ उपहार योजना घोषणा गरेको छ । कम्पनीले ६३ दिनसम्म चल्ने गरी योजना सार्वजनिक गरेको हो ।

सिटी एक्सप्रेसको उपहार योजनाअन्तर्गत लक्की ड्रमार्फत् हरेक महिना १ जनालाई १ तोला सुन, हरेक हप्ता १ जनालाई १० तोला चाँदी र ६३ दिन लगातार हरेक दिन १६ जना विजेताहरुलाई आकर्षक गिफ्ट ह्याम्पर र अन्त्यमा एक जना भाग्यशाली बम्पर विजेतालाई ५ तोला सुन उपहार प्रदान गरिनेछ ।

कम्पनीअनुसार यो योजना भदौ १५ गतेदेखि कात्तिक १५ गतेसम्म लागू हुनेछ । यो अवधिभरी सिटी एक्सप्रेसमार्फत् देश विदेशबाट पैसा पठाउने सम्पूर्ण सेवाग्राहीले उपहार योजनामा सहभागी हुनेछन् ।
उपहारको विजेता छनौट गर्दा विद्युतीय प्रणालीद्वारा गरिनेछ र योजना सिटी एक्सप्रेसमा कार्यरत कुनै पनि कर्मचारीलाई लागू हुने छैन ।

आन्तरिक विप्रेषणअन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १५ हजारभन्दा बढी भुक्तानी केन्द्रमार्फत् छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरू प्रदान गर्दै आइरहेको छ ।


क्लिकमान्डु