सानिमा बैंकको मोबाइल बैंकिङ्ग योजनामा विशेष अफर



काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई मोबाइल बैंकिङ्ग प्रयोगमा प्रोत्साहन गर्न विशेष योजना सार्वजनिक गरेको छ ।

उक्त योजना अन्तर्गत, सानिमा मोबाइल बैंकिङ्गबाट पहिलो पटक टपअप गर्ने ग्राहकले १० प्रतिशत वा अधिकतम रु.१०० सम्मको क्यासब्याक प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

यसैगरी मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरु मध्ये सबैभन्दा बढी कारोबार गर्ने ३ जना ग्राहकहरुले मोबाइल फोन जित्न सक्ने छन् ।

मोबाइल बैंकिङ्ग एपमार्फत् फन्ड ट्रान्सफर, बिल भुक्तानी, क्यु्आर कोडबाट भुक्तानी, मोबाइल टपअप आदि गर्न सकिने छ । यो योजना २०७९ भाद्र १३ देखि २०७९ मंसिर १३ गतेसम्म लागू हुने बैंकले जनाएको छ ।

सानिमा बैंकको देशका सातै प्रदेशमा १२७ वटा कार्यालय तथा १२० वटा ए.टि.एम. संचालनमा रहेका छन् । साथै, सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग एप प्रयोग गर्दा विभिन्न अस्पताल, सपिङ्ग आउटलेट (कजयउउष्लन यगतभितक), होटेल, रेष्टुरेन्ट आदिमा विशेष छुटको व्यवस्था रहेको छ ।


क्लिकमान्डु