एनसीसी बैंक र कर्णाली कियर इन्टरनेशनल हस्पिटल एण्ड रिसर्च सेन्टरबीच सम्झौता



काठमाडौं । एनसीसी बैंक र कर्णाली कियर इन्टरनेशनल हस्पिटल एण्ड रिसर्च सेन्टरबीच मम्झौता भएको छ ।

एनसीसी बैंकले ग्राहकहरुलाई कर्णाली प्रदेश, सुर्खेत, जुम्लारोड स्थित कर्णाली कियर इन्टरनेशनल हस्पिटल एण्ड रिसर्च सेन्टर प्रादपमा विशेष छुट प्रदान गर्ने सम्झौता गरेको हो ।

सम्झौता पत्रमा बैंकका तर्फबाट कर्णाली प्रदेश प्रमुख चेतकान्त जैसी बञ्जाडे र कर्णाली कियर इन्टरनेशनल हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि कर्णाली प्रदेश, सुर्खेत, जुम्लारोडको तर्फबाट उप निर्देशक दिपक कुमार गौतमले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार बैंकको भिसा डेभिट कार्ड तथा मोबाइल बैंकीङ्ग प्रयोगकर्ताले उक्त कर्णाली कियर इन्टरनेशनल हस्पिटल एण्ड रिसर्च सेन्टरमा क्याबिल डिलक्समा २५ प्रतिशत, क्याबिन नर्मल र होलबडी चेकअपमा २० प्रतिशत लगायतका छुट पाउन सक्ने छन् ।

देशैभर शाखा सञ्जाल फैलिएको एनसीसी बैंकले ७ वटै प्रदेशमा गरी १५६ शाखा १५ एक्स्टेन्सन काउन्टर र १३३ एटिएम वुथहरु सञ्चालन रहेको छ ।


क्लिकमान्डु