आइएमई जनरल इन्स्योरेन्सद्वारा क्यान्सर अस्पताललाई आर्थिक सहयोग प्रदान



काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सले ललितपुरमा रहेको नेपाल क्यान्सर अस्पताललाई २ लाख ५० हजार रुपैयाँ सहयोग गरेको छ ।

कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त रकम प्रदान गरेको छ ।

कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मीले नेपाल क्यान्सर अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. बच्चु कैलाश कैलीलाई उक्त रकमको चेक हस्तान्तरण गरे ।

नेपाल क्यान्सर अस्पताल ललितपुरले कमजोर आर्थिक स्थिति भएका क्यान्सर रोगी बिरामीहरुको निःशुल्क रुपमा उपचार गरिरहेको छ ।


क्लिकमान्डु