नक्कली बिल बनाएर नक्कली गरगहना विक्री गर्ने गिरोह सक्रिय



काठमाडौं । नक्कली विल बनाएर नक्कली गरगहना विक्री गर्ने गिरोह काठमाडौं उपत्यका लगायत मुलुकका विभिन्न शहरमा सक्रिय हुन थालेको पाइएको छ । उनीहरुले नक्कली पसलको नाम राखी ठगी गर्ने गरेको समेत पाइएको नेपाल सुनचाँदी ब्यवसायी महासंघका कार्यवाहक अध्यक्ष मोहन काजी शाक्यले बताए ।

अध्यक्ष शाक्यका अनुसार यस्तो गिरोहले नक्कली पसल खडागरी त्यसैको नाममा बिलसमेत वनाएर नक्कली गरगहनालाई सक्कली भन्दै बिक्री वितरण गर्ने गरेको पाइएको हो ।

यसै सिलसिलामा ललितपुर सुनचाँदी ब्यवसायी संघको एक प्रतिनिधिमण्डलले बुधबार महासंघमा यस बिषयमा जानकारी गराउँदै यस्ता गविविधिवाट सतर्क रहन सम्पूर्ण सुनचाँदी ब्यवसायी तथा उपभोक्तालाई जानकारी गराउन आग्रह गरेको छ ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका महासचिव धर्मशुन्दर बज्राचार्यले अवैध धन्दामा सक्रिय गिरोहको बारेमा महासंघका जानकारी आएको बताउँदै यस्तो गिरोहवाट जोगिन आम ब्यवसायी तथा उपभोक्तारुलाई आग्रह गरे ।

पछिल्लो समय यसरी नक्कली विल लगायतका कागजात वनाई नक्कली सुनको कारोबार गर्ने गिरोह सक्रिय छ । यस्तो गिरोहले ललिपुर सुनचाँदी ब्यवसायी संघको सदस्य रहेको भन्दै वनेपा लगायतका स्थानमा नक्कली गरगहना बिक्री गर्दै हिँडेको पाइएको संघद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।


क्लिकमान्डु