विपत्तिको अवस्थामा संचारको व्यबस्थापन विषयक अन्तर्राष्ट्रिय कार्यशाला शुरु



काठमाडौं । प्राकृतिक विपत्तिको समयमा दूरसंचारका पूर्वाधारहरुको प्रयोगको बारेमा एकरुपता अपनाउने विषयमा तीनदिने अन्तराष्ट्रिय कार्यशाला राजधानीमा शुरु भएको छ ।

एशिया प्यासिफिक टेलिकम्यूनिटी, सूचना तथा संचार मन्त्रालय र नेपाल दूरसंचार प्राधिकरणको संयोजनमा आयोजना भएको यस कार्यशालामा विभिन्न मुलुकका विज्ञहरु तथा सरोकारबालाहरु सहभागी रहेका छन् ।

विपत्ति व्यवस्थापन संचार विषयक ८ औं कार्यशाला उदघाट्न गर्दै सूचना सचिव महेन्द्रमान गुरुङले नेपाल प्राकृतिक जोखिम हुने क्षेत्रमा रहेको हुँदा यस्तो समयमा सूचना तथा संचारको व्यवस्थापन सहि रुपमा हुनुपर्ने बताए । उनले दुई वर्षअघि गएको भूकम्पको समयमा पनि टेलिकम्यूनिकेसनको सहि व्यवस्थापन गरिएको बताए ।

प्राधिकरणका अध्यक्ष दिगम्बर झाले नेपालमा दूरसंचार प्रयोगकर्ताको संख्या बढिरहेको भन्दै हरेक गाउँमा ब्रोडब्याण्ड पुर्याउने योजना रहेको बताए ।

कार्यशालामा विभिन्न देशका विज्ञहरुले विपत्तिको समयमा संचारको व्यवस्थापन तथा उपयोग कसरी गर्न सकिन्छ भन्ने बारेमा छलफल गर्नेछन् । त्यसैगरि प्राकृत्तिक विपत्तिपछिको समयमा प्रभावकारी सूचना आदानप्रदान तथा पुर्नस्थापनाको विषयमा प्रस्तुती गरिनेछ ।

सम्मेलन यहि बिहिबार सम्पन्न हुनेछ ।


क्लिकमान्डु