नेपाल एयरलाइन्समा शंकास्पद चढेको सूचनापछि सन्तोष लामिछाने पक्राउ, विमान मुम्बईका लागि उड्यो



काठमाडौं । नेपाल प्रहरीले शंकास्पद व्यक्ति रहेकाे आशंकामा सन्तोष लामिछानेलाई पक्राउ गरेको छ ।

नेपाल एयरलाइन्सको विमानबाट बुधबार दिउँसो १ः१० बजे मुम्बई जान लागेका लामिछानेलाई नेपाल प्रहरी छानबिन गर्नुपर्ने भन्दै पक्राउ गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख प्रेमनाथ ठाकुरले जानकारी दिए ।

‘नेपाल एयरलाइन्सको विमान उड्नै लागेको थियो, प्रहरीले सन्तोष लामिछानेलाई पक्राउ गर्नुपर्ने भन्दै पत्र पठायो,’ उनले भने, ‘त्यसपछि विमानबाट सबै यात्रुलाई ओरालेर लामिछानेलाई प्रहरीले नियन्त्रणमा लिएको छ, लामिछानेलाई नियन्त्रणमा लिएपछि उनका एक जना आफन्त समेत मुम्बई गएनन ।’

प्रहरीले लामिछानेलाई पक्राउ गर्नुपर्ने भन्दै मुम्बई जानबाट रोकिएको नेपाल वायुसेवा निगमको जहाजसमेत बाँकी यात्रुलाई लिएर मुम्बई उडान भरिसकेको ठाकुरले जानकारी दिए ।

‘प्रहरीले लामिछानेलाई विमानस्थलबाट लगिसकेको छ, बाँकी हामीलाई जानकारी छैन,’ उनले भने ।


क्लिकमान्डु